close

एन्ड्रोइडको इतिहासमा सबैभन्दा डाउनलोड हुने बेटा भर्सन बन्यो ‘एन्ड्रोइड १२’

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १०:५

एन्ड्रोइडको इतिहासमा सबैभन्दा डाउनलोड हुने बेटा भर्सन बन्यो ‘एन्ड्रोइड १२’

काठमाडौं । एन्ड्रोइड १२ को बेटा भर्सन एन्ड्रोइडको इतिहासमै सबैभन्दा बढी डाउनलोड हुने बेटा भर्सन बन्न सफल भएको छ । एन्ड्रोइडका उपाध्यक्ष डेभ बर्कले यसबारे जनकारी दिएका हुन् ।

उनले एन्ड्रोइड १२ को बेटा भर्सन कति संख्यामा डाउनलोड भयाे भन्ने विषयमा भने कुनै तथ्याङ्क दिएका छैनन् । यसअघि गएको मे महिनामा एन्ड्रोइडको बेटा भर्सन सार्वजनिक भएको थियो । जसमार्फत लामो समयपछि एन्ड्रोइडको इन्टरफेसमा उल्लेख्य परिमार्जन गरिएको छ ।

यसको हालसम्म फाइनल भसर्न उपलब्ध भएको छैन । आउँदो अगस्टबाट फुल भसर्न उपलब्ध गराउने तयारी एन्ड्रोइडको छ । यस्तोमा बेटा भर्सनले पाएको यो सफलताले फुल भसर्नका लागि ठूलो मात्रामा प्रयोगकर्ता पर्खाइमा रहेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचार : एन्ड्रोइड १२ को बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१