close

नेपाली पात्रो एपबाट अब जन्म कुण्डली बनाउन सकिने

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १०:५३

नेपाली पात्रो एपबाट अब जन्म कुण्डली बनाउन सकिने

काठमाडौं । ‘हाम्रो समय हाम्रो गौरव नारा’ सहित सञ्चालन भइरहेको मोबाइल एप नेपाली पात्रोमा नयाँ फिचर थपिएको छ । कम्पनीले प्रयाेगकर्ताका लागि एपबाटै जन्मकुण्डली बनाउन सकिने सुविधा थप गरेकाे छ ।

यसअन्तर्गत जन्म मिति र ठाउँ उल्लेख गरी एपबाटै कुण्डली बनाउन सकिन्छ । साथै ज्योतिष सेवाको परामर्श लिन चाहेमा प्रयोगकर्ताले नेपाली पात्रोका विशेषज्ञबाट परामर्श लिन सक्नेछन् । प्रयोगकर्ताले आफ्नो साढेसाती, दशा, महादशा, अन्त्रदशा, प्रत्यन्तरदशा तथा अरु अन्य दशाको का बारेमा थाहा पाउन सक्नेछन् ।

एपकाे नयाँ फिचरका रूपमा रेडियाे सेवासमेत सुरू भएकाे छ । यसअन्तर्गत हाल ९ वटा रेडियाे समावेश छ भने चाँडै नै अरू रेडियाे थप्ने कम्पनीकाे याेजना छ ।

त्यस्तै चाँडै नै एप प्रयोगकर्ताले आफ्नो मोबाइलमा नेपालको जुनसुकै स्थानीय तहको स्थान सेट गरी त्यस स्थानको ४८ घण्टे मौसम विवरण एपमार्फत लिन सक्नेछन् । एपकाे नयाँ अपडेटमा याे फिचर ल्याउने कम्पनीले जनाएकाे छ ।

एपमा यसअघि नै क्यालेन्डर, राशिफल, ब्लग, ज्याेतिष परामर्श, मिति परिवर्तन, सुन-चाँदी समाचार, विदेशी विनिमय, शुभ साइत, सार्वजनिक बिदा लगायतका फिचर प्रदान गरिएकाे छ ।

याे पनि पढ्नुहाेस् : यसरी तयार भयो, नयाँ पुस्ताको ‘नेपाली पात्रो’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१