close

नेपाली पब्जी टिम डीआरएसले हात पार्‍यो २१ लाख राशीको पुरस्कार

टेकपाना टेकपाना

जेठ ३१, २०७८ ११:४५

नेपाली पब्जी टिम डीआरएसले हात पार्‍यो २१ लाख राशीको पुरस्कार

काठमाडौं । नेपाली पब्जी टिम डीआरएसले पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) बाट १८ हजार अमेरिकी डलर अर्थात करिब २१ लाख राशीको पुरस्कार हात पार्न सफल भएको छ । आइतबार सम्पन्न प्रतियोगितामा तेस्रो स्थान ल्याउन सफल नेपाली टिमले त्यस वापत उक्त पुरस्कार हात पारेको हो ।

कोरोना महामारीका कारण यस वर्षको साउथ एसिया च्याम्पियनशिप पब्जी मोबाइल प्रो लिग भर्चुअल माध्यमबाटै आयोजना गरिएको थियो । यस पटकको प्रतियोगितामा प्रथम हुने अपेक्षा रहेको भए पनि इन्टरनेटमा आएको समस्याका कारण शनिबारको खेल बिग्रिएको डीआरएसका सीईओ भिक्टर पौडेलले बताए । ‘पब्जीको क्याश सर्भर नेपालमै भइदिएको भए हाम्रा खेलाडीले अझ राम्रो प्रदर्शन गर्नसक्ने संभावना थियो,’ उनले भने ।

टिमले साे प्रतिस्पर्धामा ८८ किलसहित कुल २२३ अंक हात पारेको थियो । लिगमा प्रथम स्थान हासिल गरेको मंगोलियन स्क्वाड अस्त्र एकेडेमी (२ए) ले ट्रफीसँगै ४०,००० अमेरिकी डलर अर्थात ४६ लाख ६५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

अस्त्रले समग्रमा ५ वटा चिकेन डिनर हात पार्नुका साथै ११८ किलसहित २९५ अंक प्राप्त गरेको थियो । दोस्रो स्थान समेत मंगोलियाकै अर्को टिम ज्युज ईस्पोर्ट्सले हात पारेको छ । उसले १३२ किल सहित १३२ किल सहित २४५ अंक मात्र प्राप्त गरेको थियो ।

दोस्रो स्थानसँगै ज्युजले २८ हजार अमेरिकी डलर अर्थात ३२ लाख ६५ हजार रुपैयाँ नगद पुरस्कार पाएको छ । १० जुनबाट सुरु भएको प्रतियोगितामा १८ वटा टिमले भाग लिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१