close

टेस्लामा क्रिप्टोकरेन्सी स्वीकार गर्ने मस्को भनाइपछि १२.५ प्रतिशतले बढ्यो बिटक्वाइनको मूल्य

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १३:१६

टेस्लामा क्रिप्टोकरेन्सी स्वीकार गर्ने मस्को भनाइपछि १२.५ प्रतिशतले बढ्यो बिटक्वाइनको मूल्य

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा बिटक्वाइनको मूल्य १२.५ प्रतिशतले बढेको छ । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कले भविष्यमा पुनः क्रिप्टाेकरेन्सी स्वीकार गर्नसक्ने बताएपछि बिटक्वाइनकाे मूल्य एकै दिनमा उल्लेख्य बढेकाे हाे ।

मस्कले बिटक्वाइन माइनिङमा ‘रिजनेवल’ क्लिन इनर्जी’ प्रयोग भएको खण्डमा कम्पनीले बिटक्वाइटलाई पेमेन्टको माध्यमको रुपमा स्वीकार गर्ने बताएका हुन् ।

उनले बिटक्वाइन माइनिङमा ५० प्रतिशतमात्रै भएपनि क्लिन इनर्जी प्रयोगमा आएको खण्डमा बिटक्वाइनलाई कारोबारको माध्यमको रुपमा मान्यता दिने बताएका थिए ।

यसका साथै तान्जानियाका नेता सामिया सुलुहु हसनले पनि पूर्वी अमेरिकी राष्ट्रका वित्तीय प्रमुखलाई क्रिप्टोकरेन्सीका लागि तयार रहन भनेका थिए ।

मस्क र हसनको उक्त अभिव्यक्तिले बिटक्वाइलको मूल्य २४ घण्टाको अवधिमा १२.५ प्रतिशतले बढेको हाे । योसँगै बिटक्वाइनको बजार मूल्य ४० हजार डलरको हाराहारीमा पुगेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१