close

भक्तपुर र ललितपुरका धेरै ठाउँमा क्लासिक टेकको इन्टरनेट अवरुद्ध

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १४:११

भक्तपुर र ललितपुरका धेरै ठाउँमा क्लासिक टेकको इन्टरनेट अवरुद्ध

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकको भक्तपुर तथा ललितपुरका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । दिउँसो ११ बजेदेखि ललितपुरको इमाडोल, ग्वार्को, सिरुटार र भुक्तपुरको जडीबुटी, लोकन्थली, बालकोट लगायतका स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

इमाडोलमा रहेको मुख्य पाेइन्ट अफ डिस्ट्रिब्युसन (पप) मा छिरेर तार काटिदिने लगायतको काम भएकाले यस्तो समस्या आएको कम्पनीका सञ्चालक प्रमेस खरेलले बताएका छन् ।

‘ललितपुरको इमाडोलमा रहेको पपमा कसैले छिरेर तार काट्ने लगायतका काम गरेका छन्,’ खरेलले भने, ‘उक्त पपमा हाम्रो टोली केही घण्टाअघि नै पुगेर मर्मतको काम सुरु गरिसकेका छन् । त्यहाँ पुग्दा तार काट्नका लागि प्रयोग भएको चक्कुसमेत फेला परेको छ ।’

उक्त घटनामा कसका हात रहेको छ भन्ने विषय सीसीटीभी फुटेजमार्फत हेर्ने प्रयास भइरहेकाे उनले बताए । यो विषयमा कम्पनीले ग्राहकलाई म्यासेजमार्फत जनाकारी दिइसकेको छ । भने, अबको केही घण्टापछि उक्त क्षेत्रमा पुनः इन्टरनेट सञ्चालनमा आउने खरेलले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१