close

अब खल्ती वालेटलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १३:५८

अब खल्ती वालेटलाई आफ्नो व्यवसायमा निःशुल्क इन्टिग्रेट गर्न सकिने

काठमाडौं । असार महिनाभित्र खल्तीसँग सम्झौता गर्ने व्यवसायीले निःशुल्क एपीआई पाउने भएका छन् । काेराेना महामारीको बीचमा साना, मझौला तथा ठूला बजारमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने र देशको खस्कँदो अर्थतन्त्रको सुधारमा थप योगदान पुर्‍याउने उद्देश्यका साथ याे सेवा सञ्चालनमा ल्याएको खल्तीले जनाएको छ ।

यसअन्तर्गत खल्तीले आफ्ना ग्राहकका लागि मल्टिपल पेमेन्ट अप्सन पनि उपलब्ध गराएको छ । व्यवसायीले खल्तीको एपीआई आफ्नो सिस्टममा इन्टिग्रेट (एकीकृत) गर्दा एक महिनासम्म कुनै शुल्क नलाग्ने जनाइएकाे छ ।

यो सेवा यही असार महिनाभित्र खल्तीसँग सम्झौता गर्ने मर्चेन्टहरुको हकमा लागू हुनेछ । आफ्नो मर्चेन्ट ड्यासबाेर्डमा जम्मा भएको रकम व्यक्तिले जुनसुकै बेला तुरुन्तै बैंक अकाउन्टमा ट्रान्सफर वा डिपोजिट गर्न सक्नेछन्

अब खल्ती एसडीकेरपीआईबाट मर्चान्टहरुले सजिलै ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कनेक्ट आईपीएस, एससीटी कार्ड र खल्तीको ग्राहकहरूबाट झन्झटरहित भुक्तानी प्राप्त गर्न सक्ने भएका छन् ।

खल्ती डिजिटल वालेटका प्रबन्धक जोनाम भुर्तेलले महामारीको चपेटामा परी आर्थिक रुपमा कमजोर हुन पुगेका उद्यमीहरुलाई निःशुल्क मर्चेन्ट इन्टिग्रेसन प्रदान गरी आर्थिक स्थिति सबल बनाउने अवधारणाका साथ यो कार्यक्रम कार्यान्वयनमा ल्याएको बताए । खल्तीलाई इन्टिग्रेटेड गर्दा सरल र सुरक्षित हुने हुँदा खल्ती धेरै व्यापारीहरूको रोजाइमा पर्ने दावी समेत उनले गरे ।

खल्ती पेमेन्ट गेटवेको प्रयोगबाट व्यवसायीले प्रत्येक बैंकहरुसँग इन्टिग्रेटेड गर्ने झन्झटबाट मुक्त हुनेछन् । खल्तीको मर्चेन्ट अकाउन्ट रजिस्टर गर्न कम्पनी दर्ता भएको हुनपर्छ ।

खल्ती डटकमको होम स्क्रिनमा रहेको ‘मोर’ अप्सनमा गई ‘मर्चेन्ट साइन अप’ छनोट गरी आफ्ना सम्पूर्ण विवरण भरी रजिस्टर्ड गर्न सकिन्छ । त्यसपछि लगइन गरी आफ्नो आफ्ना सम्पूर्ण विवरणहरु हेर्न सकिने खल्तीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१