close

मोबाइल बैंकिङको प्रयोग अहिलेसम्मकै उच्च, अन्य विद्युतीय भुक्तानी घट्यो

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १४:३५

मोबाइल बैंकिङको प्रयोग अहिलेसम्मकै उच्च, अन्य विद्युतीय भुक्तानी घट्यो

काठमाडौं । मोबाइल बेंकिङ कारोबारले अहिलेसम्मकै उच्च आँकडा छुन सफल भएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो देखिएको हो ।

राष्ट्र बैंकका अनुसार वैशाखमा मोबाइल बैंकिङमार्फत ४८ अर्ब ८८ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो । चैतमा भने मोबाइल बैंकिङमार्फत ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तर वालेट, इन्टरनेट बैंकिङ, भुक्तानी, कनेक्ट आईपीएस, एटीएम आदि लगायतका डिजिटल भुक्तानीका माध्यमको कारोबार चैतको तुलनामा वैशाखमा ओह्रालो लागेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१