close

विण्डोज टेनमा ‘विण्डोज हेलो’ फिचर कसरी प्रयोग गर्ने ?

टेकपाना टेकपाना

जेठ ३१, २०७८ २२:८

विण्डोज टेनमा ‘विण्डोज हेलो’ फिचर कसरी प्रयोग गर्ने ?

काठमाडौं । यदि तपाईंको विण्डोज टेन ल्यापटपमा ब्युल्ट ईन क्यामेरा र फिङ्गरप्रिन्ट रिडर छ भने ल्यापटपले ‘विण्डोज हेलो’ लाई सपोर्ट गर्दछ । यति भन्दै गर्दा तपाईंको मनमा आखिर विण्डोज हेलो के हो भन्ने लाग्न सक्छ ।

त्यसैले आज हामी तपाईंलाई विण्डोज हेलोको बारेमा बताउँदै छौं । ‘विण्डोज हेलो’ विण्डोज टेनले सन् २०१५ मा ल्याएको एउटा फेन्सी नन पासवर्ड लगईन सेक्युरिटी अप्सन फिचर हो ।

यसमा भएका अधिकांश लगईन अप्सनहरु बायोमेट्रिक छन् । यो फिचरले एप्पलमा जस्तै फिङ्गरप्रिन्ट तथा फेस स्क्यान गरेर तपाईंको पहिचानलाई प्रमाणीत गर्दछ ।

ता कि तपाईंले आफ्नो विण्डोज अकाउन्टमा एक्सेस गर्न सक्नुहोस् । विण्डोज हेलोमा बायोमेट्रिक, पिन नम्बर तथा पासवर्डको समेत विकल्प रहेको छ । 

विण्डोज हेलो किन प्रयोग गर्ने ?

यदि तपाईं आफ्नो विण्डोज अकाउन्ट एक्सेस गर्दा पासवर्डको प्रयोग गर्नुपर्दा दिक्क महसुस गर्नुहुन्छ भने बायोमेट्रिक विकल्प तपाईका लागि सुरक्षित र सजिलो हुन्छ । तर विण्डोज हेलोलाई इनेबल गर्न तपाईंको ल्यापटपमा बायोमेट्रिक लगइनका लागि इन ब्ल्युल्ट सपोर्ट भने हुनुपर्दछ ।

वा भनौं तपाईंले कम्प्याटिबल बायोमेट्रिक लगईन डिभाइसहरु इन्स्टल गर्नुपर्ने हुन्छ । उदाहरणका लागि वेबक्याम र फिङ्गरप्रिन्ट रिडर आदि ।

यदि तपाईंले विण्डोज हेलो इनबेल गर्नुभयो भने पासवर्डबाट हुने विण्डोज टेन लगईन आफैं निस्क्रिय हुन्छ । तर केही सिस्टम फंसनमा एक्सेस गर्न भने अझै पनि तपाईंलाई अकाउन्ट पासवर्ड नै आवश्यकता पर्न सक्छ ।  

विण्डोज हेलो कन्फिगर वा डिसेबल गर्ने तरिका 

सेटिङमा रहेको विण्डोज हेलो अप्सनमा एक्सेस गर्न एकदमै सजिलो छ । यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरको सेटिङमा जानुहोस् ।

सेटिङबाट ‘अकाउन्ट’ मा क्लिक गर्नुहोस् । अकाउन्टमा क्लिक गरेपछि अब स्क्रिनको बायाँतिरको साइडबारमा ‘साइन ईन अप्सन’ देखिन्छ, त्यसमा क्लिक गर्नुहोस् ।

त्यसमा क्लिक गरीसकेपछि तपाईंको ल्यापटपले सपोर्ट गर्ने र नगर्ने विण्डोज हेलोका अप्सनहरुको त्यहाँ देखिनेछन् । त्यहाँ गएर आफूलाई आवश्यक परेको लगईन अप्सन चयन गर्नुहोस् ।  

विण्डोज हेलो फेस: यसमा फेसियल रिकग्निसनबाट तपाईंले लगईन गर्न सक्नुहुन्छ । यो फिचरलाई सपोर्ट गर्न विशेष किसिमको क्यामेराको आवश्यकता पर्दछ ।

विण्डोज हेलो फिङ्गरप्रिन्ट: यसमा फिङ्गरप्रिन्ट स्क्यान गरेर लगईन गर्न सकिन्छ । यो तपाईंको ल्यापटपमा ब्युल्ट ईन पनि हुन सक्छ वा प्लग ईन फिङ्गरप्रिन्ट पनि हुनसक्छ । 

विण्डोज हेलो पिन: बायोमेट्रिक लगईन असफल भएको अवस्थामा पिनले ब्याकअपको रुपमा काम गर्दछ । यसबाहेक पासवर्ड प्रयोग गरिरहनुको साटो तपाईंले यसलाई मेन लगईन अप्सनको रुपमा समेत प्रयोग गर्न सक्नुहुन्छ । 

सेक्युरिटी की: सेक्युरिटी कीको मद्दतबाट पनि तपाईं साइन ईन गर्न सक्नुहुन्छ । यो एउटा सानो डिभाइस हो, जुन या त तपाईंको यूएसबी पोर्टमा प्लग ईन हुन्छ अथवा विशेष आरएफआईडी रिडर डिभाइसले रिड गर्दछ ।

यदि विण्डोज हेल्लो अहिले ईनेबल हुँदैन भने तपँईले ‘पासवर्ड’ र ‘पिक्चर पासवर्ड’ अप्सन देख्नुहुनेछ । यो चाहिँ हेलोको अप्सन होइन । 

डिसेबल गर्ने तरिका

यदि बाई डिफल्ट विण्डोज हेलो ईनेबल भयो भने पासवर्डबाट तपाईंले लगईन गर्न सक्नुहुन्न । विण्डोज हेलोका साइन ईन अप्सनहरु तपाईंलाई डिसेबल गर्न मन छ भने प्रत्येक आइटमलाई क्लिक गर्दै ‘रिमूभ’ सेलेक्ट गर्न सक्नुहुन्छ ।

साथै तपाईंले ‘रिक्वायर विण्डोज हेलो साइन ईन फर माइक्रोसफ्ट अकाउन्ट’ स्विच लेभललाई लोकेट गर्नुहोस् र ‘अफ’ मा फ्लिप गर्नुहोस् । यति गरिसकेपछि सेटिङ बन्द गरिदिनुहोस् र सेटिङमा भएका परिवर्तनले प्रभाव देखाउन सुरु गर्नेछन् । 

कुनै पनि लगईन सेटिङ चेक गर्न मन लाग्यो भने सोझै विण्डोज कीसँग एल थिचेर स्क्रिन लग गरी परीक्षण गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१