close

युट्युवमा मदिरा, औषधि, जुवा र राजनीतिको विज्ञापनमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

असार १, २०७८ ८:३८

युट्युवमा मदिरा, औषधि, जुवा र राजनीतिको विज्ञापनमाथि प्रतिबन्ध

काठमाडौं । युट्युवले आफ्नो मास्ट हेडको विज्ञापन स्लटमा मदिरा, जुवा र राजनीति सम्बन्धी विज्ञापनलाई स्वीकार नगर्ने भएको छ । सोमबारदेखि लागू हुनेगरी युट्युवले वेबसाइट तथा एपको सिरानीमा त्यस किसिमका विज्ञापन देखाउने छैन ।

गुगलले प्रयोगकर्तालाई थप राम्रो अनुभव दिन माथिल्लो स्लटमा देखिने विज्ञापनका प्रकारलाई सीमित गरिएको बताएको छ । प्रयोगकर्ताले युट्युव खोल्दा माथि सुरुमा देखिने स्थान नै मास्ट हेड स्लट हो ।

यसमा औषधि, मदिरा, राजनीति र जुवाबाजी सम्बन्धी विज्ञापन नदेखिनुको अर्थ युट्युव अझ समावेशी हुनु हो । राजनीतिक विज्ञापन नराख्नुले युट्युवलाई विवादबाट टाढा रहन मद्दत पुर्‍याउनेछ ।

उदाहरणको लागि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को चुनावताका उक्त स्लट ३ दिनका लागि खरिद गर्दा युट्युव विवादित बनेको थियो ।

युट्युवको एड सपोर्ट पेजका अनुसार मास्टहेडमा हुने स्लटको विज्ञापनले व्यापक पहुँच र सचेतनाको काम गर्दछ । हालै मात्र नेपाल सरकारले स्थानीय युट्युवरमाथि वानएक्स बेट जस्ता जुवाबाजी सम्बन्धी विज्ञापन गर्न रोक लगाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१