close

साओमीको नयाँ फोल्डेबल स्मार्टफोनमा स्न्यापड्रागन ८८८ र १०८ एमपीको क्यामेरा रहने

टेकपाना टेकपाना

असार १, २०७८ १५:२६

साओमीको नयाँ फोल्डेबल स्मार्टफोनमा स्न्यापड्रागन ८८८ र १०८ एमपीको क्यामेरा रहने

काठमाडौं । साओमीले गत मार्चमा आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन मि मिक्स फोल्ड सार्वजनिक गर्‍यो । कम्पनीले दाेस्राे फाेल्डेबल फाेनका लागि पनि काम गरिरहेकाे विभिन्न समाचार स्राेतले जनाएका छन् ।

नयाँ मि मिक्स फाेल्ड स्मार्टफाेनमा उपलब्ध हुने केही फिचरहरू हालै लिक भएकाे जीएसएम एरेनाले उल्लेख गरेकाे छ । उसका अनुसार यो नयाँ फाेल्डेबल फाेन स्न्यापड्रागन ८८८ चिपसेट, ५००० एमएएच ब्याट्री र १०८ एमएपी क्यामेरा सहित आउनेछ ।

कम्पनीले याे फाेनकाे सम्पूर्ण आन्तरिक संरचना परीक्षण गरिसकेकाे जनाइएकाे छ । त्यस्तै फोनमा रहने दुई वटा डिस्प्लेमध्ये भित्रको डिस्प्लेमा १२० हर्ज र बाहिरको डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट रहनेछ ।

सन् २०२१ काे अन्त्यतिर सार्वजनिक हुने अनुमान गरिएकाे यो फोनमा रहेका अन्य फिचरबारे यकिन जानकारी आइसकेको छैन । मुख्य कुरा चीनबाहिरका बजारमा यो उपलब्ध हुने, हुनेबारे केही खुलाइएकाे छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१