close

कुन कुन ठाउँमा छ बाढीको खतरा ? अनलाइनबाट थाहा पाउन सकिने

टेकपाना टेकपाना

असार १, २०७८ १७:१५

कुन कुन ठाउँमा छ बाढीको खतरा ? अनलाइनबाट थाहा पाउन सकिने

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशसहित देशका विभिन्न ठाउँमा केही दिनदेखि अविरल वर्षा भइरहेकाे छ । वर्षाका कारण नदीमा बहाव बढ्दा बाढीकाे खतरा बढेकाे भन्दै पूर्वसतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेकाे छ ।

अर्काेतर्फ मनसुन सक्रिय हुँदा बाढीसँगै पहिराेकाे पनि खतरा छ । यसकारण वर्षा प्रभावित ठाउँका बासिन्दाले बाढी, पहिराेबारे पूर्वसूचना लिएर सावधानी अपनाउन विभागले अनुराेध गरेकाे छ ।

यसअन्तर्गत विभागले हरेक दिन विहान ७ बजे बाढीपूर्वानुमानका लागि दैनिक बाढी बुलेटिन जारी गरेकाे छ । बुलेटिन पढ्न विभागकाे याे वेबसाइटमा गएर नाेटिस सेक्सनमा जानुपर्छ ।

मंगलबारकाे बाढी पूर्वानुमान बुलेटिन पढ्न यहाँ क्लिक गर्नुहाेस् । साथै यही वेबसाइटबाट नियमित बाढीको अवस्था तथा बाढी पूर्वानुमानबारे जानकारी लिन सकिने विभागले जनाएकाे छ । साथै विभागकाे फेसबुक र ट्वीटर अकाउन्टबाट समेत अपडेट लिन सकिनेछ ।

त्यसैगरी विभागकाे टाेल फ्री नम्बर ११५५ मार्फत जारी हुने एसएमएसबाट तपाईंको क्षेत्रमा हुनसक्ने सम्भाव्य बाढीसम्बन्धी जानकारी लिन र सावधानी अपनाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१