close

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

टेकपाना टेकपाना

असार १, २०७८ १७:३२

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने


काठमाडौं । बाग्मती प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ ।

मंगलबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले नवीन ज्ञान र प्रविधिको अनुसन्धान, विकास र प्रवर्द्धनमा युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने जानकारी दिए ।

याे काेषका लागि आवश्यक बजेट विनियोजन गरिएकाे उल्लेख गर्दै उनले यसअघिकाे युवा वैज्ञानिक प्रोत्साहन कोषमा रहेको रकम पनि यही कोषमा सार्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१