close

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, बैंकिङ सेवा अवरुद्ध हुने

टेकपाना टेकपाना

असार १, २०७८ १८:१०

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, बैंकिङ सेवा अवरुद्ध हुने

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्ने भएको छ । जसका कारण आउँदो शुक्रबारदेखि बैंकका सम्पूर्ण सेवा बन्द हुने भएका छन् ।

बैंकले मंगलबार सूचना जारी गर्दै यसबारे जनकारी दिएको हो । बैंकका अनुसार शुक्रबार ४ बजेदेखि साेमबार ९ बजेसम्म बैंकको सम्पूर्ण शाखा, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम लगायतका सम्पूर्ण सेवा बन्द हुनेछ ।

उक्त समयमा अत्यावश्यक कारोबार गर्न परे सम्बन्धित शाखा कार्यालयमा अग्रिम जानकारी गराई सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

May be an image of text

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१