close

मोरु वालेटको नयाँ योजना, दैनिक हजार रुपैयाँसम्म कमाउन सकिने

टेकपाना टेकपाना

असार १, २०७८ १८:५२

मोरु वालेटको नयाँ योजना, दैनिक हजार रुपैयाँसम्म कमाउन सकिने

काठमाडौं । मोबाइल वालेट ‘मोरु’ ले ‘डिजिटल सेना’ नामक रिफर योजना सार्वजनिक गरेको छ । यसमार्फत प्रयोगकर्ताले दैनिक ५ सयदेखि एक हजार रुपैयाँसम्म कामाउन सक्ने कम्पनीले जनाएको छ ।

पछिल्लो समय बढ्दो डिजिटल कारोबारलाई अझ बढी प्रोत्साहन गर्ने र डिजिटल कारोबारबाट बाहिर रहेका ग्राहकलाई पनि समेट्ने योजनाका साथ कम्पनीले यो योजना ल्याएको हो ।

कम्पनीका अनुसार यस योजनामार्फत प्रयोगकर्ताले आफ्ना सर्कलमा रहेका आफन्त र साथीभाइलाई मोरुमा जोड्दै पैसा आम्दानी गर्न सक्नेछन् ।

यसका लागि तपाईंले मोरु एप (एन्ड्रोइड तथा आईओएस )मा गएर रिफरल कोड जेनरेट गरी शेयर गर्नुपर्ने हुन्छ । उक्त रिफरल लिंकमा क्लिक गरी तपाईंका साथिभाइले लगइन गर्दा तथा अकाउण्ट भेरिफाइड गरेको खण्डमा छुट्टाछुट्टै बोनस प्राप्त हुने जनाइएको छ ।

तपाईंले रिवार्ड कसरी प्राप्त गर्नुहुन्छ ?

जब तपाईंले मोरु एपमार्फत रिफरल कोड जेनरेट गरी शेयर गर्नुहुन्छ, तब उक्त रिफरल लिंकमा क्लिक गरी कसैले लगइन गरेको खण्डमा तपाईंले ७.७७ रुपैयाँ प्राप्त गर्नुहुनेछ । जब तपाईंको रिफरल लिंकमा क्लिक गरी लगइन गर्ने व्यक्तिले केवाइसी भेरिफाइड गर्छ, त्यसमा तपाईंले ३.३३ रुपैयाँ प्राप्त गर्नुहुन्छ ।

त्यतिमात्रै नभएर जब अकाउण्ट भेरिफाइ गरेर उनीहरुले कारोबार गर्नेछन्, पहिलो २० कारोबारमा तपाईंले प्रत्यक कारोबारबराबर १.११ रुपैयाँ प्राप्त गर्न सक्नुहुन्छ ।

यसमा रिफरल कोड हुने व्यक्तिले मात्रै नभएर लगइन गर्ने व्यक्तिले पनि आम्दानी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जब तपाईंको रिफरल कोड प्रयोग गरेर कसैले मोरु एपमा लगइन गरेको खण्डमा उसले ५.५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै केवाइसी भेरिफाइड गर्दा ३.६ रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै पहिलो २० कारोबारमा हरेक कारोबार बराबर ०.१ प्रतिशतका दरका पैसा प्राप्त सक्ने जनाइएकाे छ ।

यतिमात्रै नभएर मोरुले प्रयोगकर्तालाई विभिन्न सेवाको कारोबारमा ३ प्रतिशतसम्मको बोनस उपलब्ध गराउने जनाएको छ ।

यसरी तपाईले आफ्ना साथीभाइलाई जति मोरु एपमा जोड्दै जानुहुनेछ, त्यति नै पैसा आम्दानी गर्दै जाने भएकाले दैनिक ५ सयदेखि एक हजार रूपैयाँसम्म पनि कमाउन सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१