close

एन्ड्रोइड १२ बेटा भर्सनसहित बहुप्रतिक्षित ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक

टेकपाना टेकपाना

असार २, २०७८ १२:४४

एन्ड्रोइड १२ बेटा भर्सनसहित बहुप्रतिक्षित ‘रियलमी जीटी फाइभजी’ सार्वजनिक

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले विश्वबजारमा आफ्नो पछिल्लो फ्ल्यागशिप फोन रियलमी जीटी फाइभजी सार्वजनिक गरेको छ । क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले प्रयाेगकर्तालाई उच्च गुणस्तरीय अनुभूति प्रदान गर्ने कम्पनीले दाबी गरेको छ ।

याे फाेनमा १२० हर्जकाे रिफ्रेस रेटसहित ६.४३ इन्चकाे सामसङ सुपर एमोलेड डिस्प्ले छ । त्यस्तै फाेनमा सोनी ६४ एमपी ट्रिपल क्यामेरा जडान छ, जसमा नयाँ नाइट पोर्ट्रेट मोड र एआई क्षमता रहेकाले व्यवसायिक फोटो खिच्न सकिने जनाइएकाे छ ।

८/१२८ जीबी र १२/२५६ जीबी भेरियन्टमा याे फाेन उपलब्ध छ, जसकाे मूल्य युराेपेली बजारमा क्रमश: ४४९ र ५९९ यूराे ताेकिएकाे छ ।

१८६ ग्रामभन्दा कम ताैल र अधिक पातलो डिजाइनका बाबजुद यसमा ४५०० एमएएच ब्याट्री र ६५ वाटकाे सुपरडर्ट चार्जिङ सपोर्ट रहेको छ, जसले फोनलाई केवल ३५ मिनेटमा पूर्ण चार्ज गर्न सहयोग गर्छ ।

रियलमी जीटी पहिलो उपकरणमध्ये एक हो, जसले एन्ड्रोइड १२ बेटालाई सपाेर्ट गर्दछ । रियलमीले यस वर्षको अन्तमा नयाँ रियलमी युएआई सुरू गर्नुअघि आफ्ना प्रयोगकर्ताको प्रतिक्रिया संकलन गर्न एन्ड्रोइड १२ डेभलपर पूर्वावलोकन कार्यक्रम जारी राख्ने जनाएकाे छ ।

याे फाेन हाल पोल्याण्ड, स्पेन, रसिया, थाइल्याण्ड लगायतका केही देशमा उपलब्ध गराइएकोमा चाँडै नै विश्वभरका बजारमा विस्तार गर्ने लक्ष्य लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१