close

सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्न जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

असार २, २०७८ १७:६

सुरक्षित रूपमा सामाजिक सञ्जाल प्रयोग गर्न जान्नैपर्ने कुरा

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । विषेशगरी कोभिड १९ का कारण लागू गरिएको लकडाउनसँगै घरमै बस्नुपर्दा समय बिताउने सबैभन्दा उपयुक्त माध्यम सामाजिक सञ्जाल भइरहेको छ ।

अहिले धेरैले फेसबुक, ट्वीटर, टिकटक, युट्युवजस्ता सामाजिक सञ्जलामा अधिकांश बिताइरहेका छन् । यसकारण त्यस्ता सामाजिक सञ्जाल कसरी सुरक्षित रूपमा चलाउने भन्ने विषय हाम्रा लागि महत्वपूर्ण हन्छ । किनभने सामाजिक सञ्जालसँग तपाईंको परिचयसमेत जोडिएको हुन्छ ।

यदि कसैले तपाईंको सामाजिक सञ्जालमा पहुँच पाएको खण्डमा त्यसले तपाईंको जीवनमा पार्नसक्ने क्षतिको आँकलन गर्न जरूरी छ । यसैबीच दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिएको छ ।

नियामक प्राधिकरणले दिएको साे जानकारीका आधारमा यहाँ हामी तपाईंहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी सुरक्षित रहने भन्ने विषयमा जानकारी दिँदैछौं :

  • छुट्टाछुट्टै सामाजिक सञ्जाल (जस्तै: Facebook, Twitter ) को आफ्नो खाता (Account) का लागि छुट्टाछुट्टै तथा बलियो पासवर्ड राखौं ।
  • सामाजिक सञ्जालको आफ्नो डिजिटल खाता (Digital Account) लाई सुरक्षित राख्न Multi-Factor Authentication (Two Factor Authentication. Mobile Number, OTP, Fingerprint इत्यादि) को प्रयोग गरौं ।
  • सामाजिक सञ्जालको आफ्नो खाता Recovery को लागि Recovery Email तथा Mobile Number को प्रयोग गरौं ।
  • सकेसम्म सामाजिक सञ्जालको प्रयोग गर्दा आफ्नो उपकरण (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब्लेट) को प्रयोग गरौं । आफ्नो व्यक्तिगत डिभाइसहरु (ल्यापटप, मोबाइल आदी) लाई पासवर्ड, Pattern वा Finger Print (Biometric) बाट Lock गरौं ।
  • सामाजिक सञ्जालको प्रयोग गरिने उपकरण (मोबाइल, ट्यावलेट) हराउँदा सामाजिक सञ्जालको खाताको पासवर्ड तुरुन्तै परिवर्तन गरौं ।
  • प्रत्येक सामाजिक सञ्जालमा Privacy Setting को Feature हुने भएकाले त्यसको प्रयोग गरी कुन कुन विवरणहरु सार्वजनिक गर्ने/नगर्ने Customize / Configure गरौ । जस्तैः Facebook मा आफ्नो email तथा phone number देखाउने वा लुकाउने । सकेसम्म आफ्नो व्यक्तिगत विवरण जस्तै: Home Address, Phone Number इत्यादि सामाजिक सञ्जालमा नराखौं ।
  • सामाजिक सञ्जालमा आफ्ना व्यक्तिगत संवेदनशील फोटो, User Name and Password, बैंकको क्रेडिट कार्ड नम्बर, पिन कोड, नागरिकता नम्बर लगायतका Personally Identifiable Information (PII) हरु शेयर नगरौं ।
  • कुनै पनि सन्देश, फोटो पोष्ट गर्दा सचेत रहाैं । (जस्तै: आफू कहाँ जाँदैछु के गर्दैछु, कोसँग छु जस्ता विवरणको अरुले गलत फाइदा लिन सक्छन् ।)
  • फोटो पोष्ट गर्न कसैले दबाब दिन्छ भने अस्वीकार गर्ने । आवश्यक परेको खण्डमा सामाजिक सञ्जालमा भएका नराम्रा साथीहरु (असहज क्रियाकलापहरु देखाउने) लाई ब्लक वा साथिको सूचीबाट हटाऔं ।
  • सकेसम्म अपरिचित व्यक्तिको Friend Request Accept नगरौं । गर्ने परे उक्त व्यक्तिले गरेको पोस्ट, व्यक्तिले राखेको विवरणलाई राम्ररी विचार गरी पहिचान गरी मात्र सामाजिक सञ्जालमा Friend Request Accept गरौं ।
  • सामाजिक सञ्जालमा साथीहरुले शेयर गरेको लिंक तथा Attachment लाई सही पहिचान गरेर मात्र Click/Open गरौं । उक्त लिंक तथा Attachment शंकास्पद लागेमा नखोलाैं ।
  • सामाजिक सञ्जालमार्फत प्राप्त हुने पुरस्कार (Prize), उपहार (Gift), चिट्ठा (Lottery) लगायत विभिन्न प्रलोभन देखाएर पठाइएको वा डर धम्की दिई पठाईएको संदेश, फोन कल लगायतलाई Reply/Response नगरौं ।
  • सामाजिक सञ्जालको प्रयोग गर्दा यौन दुर्व्यवहारसँग सम्बन्धित केही असहज गतिविधिको महसुस गरेको खण्डमा अथवा घटना भएको खण्डमा प्रमाण संकलन गरी प्रहरीमा उजुरी गरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१