close

नयाँ ईकमर्स कम्पनी ‘किन्नी हो’ सञ्चालनमा, एक महिनासम्म निःशुल्क डेलिभरी सेवा

टेकपाना टेकपाना

असार २, २०७८ २०:३७

नयाँ ईकमर्स कम्पनी ‘किन्नी हो’ सञ्चालनमा, एक महिनासम्म निःशुल्क डेलिभरी सेवा

काठमाडौं । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वासिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ ईकमर्स वेबसाइट किन्नी हो डटकम सुरु भएको छ ।

कोरोना महामारीबीच बढ्दै गएको ईकमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ ईकमर्स सुरु गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेसनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरञ्जनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।

‘किन्नी हो’ले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ नरेश पोखरेलले बताए ।

उनले नयाँ वेबसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाइन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताए ।

कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा व्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान बिक्री वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, इलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१