close

ह्वावेबाट छुट्टिएको अनर स्मार्टफोनमा गुगल सेवा उपलब्ध हुने

टेकपाना टेकपाना

असार ३, २०७८ १७:२९

ह्वावेबाट छुट्टिएको अनर स्मार्टफोनमा गुगल सेवा उपलब्ध हुने

काठमाडौं । ह्वावेको स्वामित्वबाट अलग भएको अनर स्मार्टफोन ब्राण्डका नयाँ उपकरणमा गुगल सेवा उपलब्ध हुने भएको छ । यसअन्तर्गत बजारमा आउन लागेका ‘अनर ५०’ र ‘अनर ५० प्रो’ मा गुगलको प्रि-इन्स्टल सर्भिस उपलब्ध हुने कम्पनीले जनाएको छ ।

‘हामीलाई गुगलको मोबाइल सर्भिस प्रयोग गर्ने लाइसेन्स प्राप्त भएको छ,’ कम्पनीले भनेको छ, ‘हामीले नयाँ मोडलका साथै उक्त सर्भिस सपोर्ट गर्ने सबै मोबाइलमा यो सेवा उपलब्ध गराउन सक्ने छौं ।’

सन २०१९ मा ह्वावेलाई अमेरिकी सरकारले प्रतिबन्ध लगाएसँगै अनरले पनि गुगल सर्भिस प्रयोग गर्न पाएको थिएन । उक्त नीति ह्वावेले कम्पनी बिक्री नगर्दासम्म मात्रै लागू हुने थियो ।

ह्वावेबाट छुट्टिएर एउटा स्वतन्त्र कम्पनीको रुपमा अघि बढेसँगै कम्पनीले गुगल सर्भिस प्रयोग गर्न पाउने भएको हो । त्यसैका आधारका हाल कम्पनीले आफ्नो नयाँ उत्पादन ‘अनर ५०’ र ‘५० प्रो’ बजारमा ल्याउने तयारी गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१