close

१४ हजार स्थानमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार

टेकपाना टेकपाना

असार ४, २०७८ ८:४०

१४ हजार स्थानमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत रहेको ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी हालसम्म १४ हजार १२८ स्थानमा इन्टरनेट सेवाको काम सम्पन्न भएको छ । देशभरका स्थानीय निकाय, स्वास्थ्य कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्नेगरी अगाडि बढाइएकाे १८ परियोजना अन्तर्गत हालसम्म ८८.४० प्रतिशत काम सम्पन्न भएको छ ।

प्राधिकरणले विभिन्न सेवाप्रदायकसँग सम्झौता गरी ७०२ स्थानीय तह, ५ हजार ९३३ वडा कार्यालय, ५ हजार २२५ सामुदायिक विद्यालय र ४ हजार १२२ वटा स्वास्थ्य संस्था गरी कूल १५ हजार ९८२ स्थानमा तीव्र गतिको इन्टरनेट सेवा विस्तारको काम अगाडि बढाएको थियो ।

यसअन्तर्गत ६६२ स्थानीय तह, ५ हजार २३० वडा कार्यालय, ३ हजार ६३३ स्वास्थ्य संस्था र ४ हजार ६०३ माध्यमिक विद्यालय गरी कूल १४ हजार १२५ स्थानमा इन्टरनेट जडान सम्पन्न भएको जनाएको छ ।

अब परियोजनाअन्तर्गत ४० स्थानीय तहका कार्यालय, ७०३ वडा कार्यालय, ६२२ माध्यामकि विद्यालय र ४८९ स्वास्थ्य संस्था गरी कूल १ हजार ८५४ वटा स्थानमा ब्रोडब्याण्ड इन्टरनेट जडान गर्न बाँकी छ । प्राधिकरणले १८ वटा प्याकेजमध्ये १२ वटा प्याकेजमार्फत ४६ जिल्लाका सबै स्थानमा इन्टरनेट सेवा विस्तार सम्पन्न भएको जनाएको छ ।

जसमध्ये १५ वटा प्याकेज अन्तरगत ६० जिल्लामा तोकिएको काम सम्पन्न भइसकेको जनाइएको छ । भने दुई वटा प्याकेजमार्फत १० जिल्लाको कामा ५० प्रतिशत भएको उल्लखे छ । भने, एउटा प्याकेजको काम पनि अघि बढिरहेको प्राधिकरणले सार्वजनिक गरेको जेठ महिनाको प्रगति विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार सम्पन्न भएका परियोजनामध्ये ६ वटा परियोजनको अनुगमन गरी प्रमाणीकरणको कार्य सम्पन्न भइसकेको छ र बाँकीको पनि प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१