close

निषेधाज्ञामा घरमै पार्लर सेवा

टेकपाना टेकपाना

असार ३, २०७८ २०:४९

निषेधाज्ञामा घरमै पार्लर सेवा

काठमाडौं । कोभिड १९ को दोस्रो भेरियन्ट फैलिएसँगै देशका अधिकांश ठाउँमा निषेधाज्ञा जारी गरिएको छ । यस्तो बेला ग्राहकलाई सुरक्षित र सस्तो सेवा दिने गरी घर पार्लर नामक स्टार्टअपले नयाँ योजना सञ्चालन गरेको छ ।

गत मंगलबारदेखि कम्पनीले स्वास्थ्य मापदण्ड पालना गरी ग्राहकको घरमै पुगेर पार्लर सेवा थालेको हो । घरमै पार्लर बोलाउँदा कोरोना सर्ने सम्भावना नहुने, समयको बचत हुने, लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त, सस्तो र सुरक्षित हुनुका साथै आफूलाई चाहिएको समय र स्थानमा बोलाउन सकिने कम्पनीले जनाएको छ ।

साथै कम्पनीले घरमा आएको अतिरिक्त शुल्क नलिने बताएको छ । सेवा लिन चाहनेहरुले वेबसाइट, फेसबुक पेज, इन्स्टाग्राम, ट्वीटरलिङ्कडिन र फोन (९८०११०६६७७/९८०११०६६७०) मार्फत सम्पर्क गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१