close

कर्मचारीलाई अल्छी ठान्छन् अमेजनका मालिक जेफ बेजोस

टेकपाना टेकपाना

असार ४, २०७८ १०:६

कर्मचारीलाई अल्छी ठान्छन् अमेजनका मालिक जेफ बेजोस

काठमाडौं । अमेजनले धेरैजसाे नीति आफ्ना कामदारलाई निगरानी राख्ने उद्देश्यले बनाउने गर्छ । अमेजनको गोदाम व्यवस्थापन प्रणाली तयार गर्न सहयोग गरेका डेभिड नाइकरले हालै न्यू योर्क टाइम्ससँग कुरा गर्दै भने, ‘मान्छेहरु स्वभावले नै अल्छी हुन्छन् । यही कुराबाट प्रेरित भएर कम्पनीलाई आफ्नाे नीति निर्माण गर्न मद्दत पुगेको अमेजनका संस्थापक जेफ बेजोसको धारणा छ। थौरै मेहेनत गरेर काम सम्पन्न गर्नुपर्ने मान्छेको स्वभाव हुने उनको बुझाइ छ ।’

उनका अनुसार कम्पनीमा कर्मचारीहरुलाई छोटो अवधिको र धेरै अवसर नभएको रोजगार दिने नियम रहेको छ र काम गर्ने अवधिभर विभिन्न प्रविधिमार्फत अमेजनले आफ्ना कामदारहरुलाई निगरानी गरिरहेको हुन्छ । त्यतिमात्र होइन, काम गरेको तीन वर्षपछि अमजेनले कर्मचारीको तलब बढ्ने कुराको ग्यारेन्टी पनि दिँदैन । ताकि अमेजनमा चाँडै घुलमिल हुने अथवा असन्तुष्ट हुने कर्मचारीलाई सजिलै निकाल्न सकियोस् ।

अमेजनका केही विवादास्पद नियमहरुमा एकदिन कम काम गरेको बहानामा कर्मचारीलाई जागिरबाट निकाल्ने र कर्मचारीहरुलाई सीमित समयको विश्राम दिएर निरन्तर काममा लगाउने पनि पर्दछन् । यो प्रवृत्तिले कर्मचारीहरुले अमेजनले उनीहरुलाई कर्मचारीभन्दा पनि मसिनको रुपमा काम लगाइरहेको महसुस गरेको न्यू योर्क टाइम्सले जनाएको छ ।

गत वर्ष अमेजनको गोदामको आन्तरिक प्रतिकृया लेख्ने बोर्डमा एकजना कर्मचारीले लेखेका थिए, “हामीहरु मान्छे हौं, उनीहरुको दैनिक, साप्ताहिक लक्ष्य पुरा गर्ने कुनै मसिन हाेइनौं ।” कामदारहरुबाट उच्च अपेक्षा राखेर निरन्तर कामलाई मात्र महत्व दिने कार्यशैलीकै कारण कर्मचारीहरु घाइते भएको घटनाहरु पनि धेरै भएका छन् ।

एक महिनाअगाडि दि वासिङटन पोष्टले सार्वजनिक गरेको एक विश्लेषणअनुसार अमेजन गोदामका कर्मचारीहरु घाइते हुने सम्भावना वालमार्ट जस्ता कम्पनीहरुमा काम गर्ने कर्मचारीभन्दा दुई गुणाले बढी छ ।

अप्रिल महिनामा बेजाेसले कम्पनीले आफ्ना कर्मचारीहरुको लागि राम्राे काम गर्न लागिरहेको र गोदामलाई सुरक्षित बनाउन सन् २०२१ मा ३० कराेड अमेरिकी डलर लगानी गर्न लागेको बताएका थिए । उनले कर्मचारीहरुको सफलताको लागि कम्पनी एउटा उत्कृष्ट नीतिको आवश्यक रहेको पनि बताएका थिए ।

-याहु न्युजबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१