close

युरोपको नयाँ नीतिमा एप्पलको विमति, एप स्टोरलाई गम्भीर धक्का पुग्ने चिन्ता

टेकपाना टेकपाना

असार ४, २०७८ १५:३८

युरोपको नयाँ नीतिमा एप्पलको विमति, एप स्टोरलाई गम्भीर धक्का पुग्ने चिन्ता

काठमाडौं । एप्पलका सीईओ टिम कुकले युरोपेली युनियनले हालै ल्याएको नीतिका कारण एप स्टोरको सुरक्षामा ठूलो चुनौती सिर्जना गर्ने बताएका छन् । ईयुले हालै ‘डिजिटल सर्भिस एण्ड डिजिटल मार्केट एक्ट’ ल्याएको छ । याे नीतिमा केही पक्षमाथि विमति राख्दै उनले एप्पलकाे एप स्टाेरमा धक्का पुग्ने चिन्ता व्यक्त गरेका छन् ।

याे नीतिअन्तर्गत ‘साइडलोडिङ’ अर्थात एप्पलका डिभाइसमा अन्य कुनै माध्यमबाट पनि एप प्रयोग गर्न पाउनुपर्ने व्यवस्था गरिएकाे छ । ‘यसले एप स्टोरमा हालसम्म निर्माण गरेको गोपनीयतालाई ध्वस्त पार्नेछ,’ कुकले भने, ‘यतिसम्म कि कम्पनीले भर्खरै ल्याएको ट्रयाकिङ ट्रान्सप्यारेन्सीले पनि काम गर्नेछैन् ।’

उनले अगाडि भने, ‘आईओएसको तुलनामा एन्ड्रोइड अपरेटिङ सिस्टममा ४७ गुणा बढी मालवेयर छन् । यसको कारण आईओएस एउटा प्लेटफर्मका लागि निर्माण गरिएको हो । भने यसमा राखिने एपलाई मालवेयर परिक्षण गरेरमात्रै राख्ने गरिन्छ ।’

याे नीति एप स्टाेर र प्रयोगकर्ताका लागि सकारात्मक नभएकाे तर्क उनले गरेका छन् ।

‘यो नीति कसरी कार्यान्वयन हुन्छ, भोलिका दिनले निर्धारण गर्नेछन्,’ उनले भने, ‘अवस्था जस्तोसुकै भएपनि हामी हाम्रा प्रयोगकर्तासँगै रहने छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१