close

क्र्याक वा पाइरेटेड सफ्टवेयर प्रयोग गर्नुहुन्छ ? यस्ता हुन सक्छन् खतरा

टेकपाना टेकपाना

असार ४, २०७८ १९:२९

क्र्याक वा पाइरेटेड सफ्टवेयर प्रयोग गर्नुहुन्छ ? यस्ता हुन सक्छन् खतरा

काठमाडौं । हामीले प्रयोग गर्ने सफ्टवेयर आधिकारिक अथवा जेन्युन नै हुन् त रु वास्तवमा धेरैले जेन्युन सफ्टवेयर चाहिन्छ, चाहिन्छ भन्ने कुरामा खासै चासो नै राख्दैनन् । उनीहरू कुनै सफ्टवेयर आवश्यक परेको खण्डमा टोरेन्ट साइटबाट क्र्याक भर्सन डाउनलोड गर्छन् ।

यसको पछाडि सफ्टवेरलाई पर्ने मूल्य एउटा कारण हो भने अर्को सहज पुहँच नहुनाले क्र्याक भर्सन नै विकल्प बन्ने गरेको छ । क्र्याक भर्सन डाउनलोड गरी प्रयोग गर्दा पनि चलिहाल्छ, किन पैसा खर्च गर्ने भन्ने हामी सबैलाई हुन्छ ।

यसरी क्र्याक भर्सनको सफ्टवेयर डाउनलोड गरी प्रयोग गर्दा त्यसले निम्त्याउन सक्ने जोखिमको विषयमा हामीले कहिलै पनि सोचिरहेका हुँदैनौं । तर, जसले आफ्नो डेटा सुरक्षालाई महत्व दिन्छ, उनीहरुका लागि भने यो एउटा सोचनीय विषय हो ।

किनभने हामीले डाउनलोड गर्ने क्र्याक भर्सनका सफ्टवेरमा कतै माल्वयर त लुकाएको छैन ? कतै ह्याकरले त्यसबाट तपाईंको डिभाइसमा पहुँच पाइरहेको त छैन् ? यी सबै विषय हामीले पक्कै पनि सोच्नुपर्ने हुन्छ । त्योभन्दा पनि क्र्याक भर्सनको सफ्टवेयर डाउनलोड गरी प्रयोग गर्दा तपाईंले कम्पनीबाट प्राप्त हुने सुरक्षा अपडेट कहिलै पनि पाउनुहुन्न । त्यसैले पनी यी सबै कुरालाई ध्यान दिन आवश्यक छ ।

यसैलाई मध्यनजर गर्दै दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले क्र्याक भर्सनको सफ्टवेयर डाउनलोड गरी प्रयोग गर्दा हुनसक्ने जोखिमहरु केलाएको छ ।

जेन्युन/लाइसेन्स्ड/ओपन साेर्स सफ्टवेयर प्रयाेग नगरी क्र्याक वा पाइरेटेड सफ्टवेयर प्रयोग गर्दा के-के जोखिम हुन सक्छ ?

  • Genuine Licensed / Open Source Operating System वा Application Software को प्रयोग नगर्दा कानून अनुसार कारवाही हुन सक्ने सम्भावना रहन्छ ।
  • अवैध रूपमा प्राप्त हुने सफ्टवेयर (Cracked/Pirated) को प्रयोग गर्दा अद्यावधिक (Patch Update) नहुने भएकोले उक्त सोफ्टवेयर संक्रमित हुन सक्ने हुँदा व्यपार व्यवसायमा असर पर्ने र Vulnerabilities को कारणले व्यवसायिक संवेदनशील विवरणहरुमा ह्याकरको सजिलै पहुँच पुग्न सक्छ ।
  • Cracked /Pirated Software प्रयोगबाट पासवर्ड तथा संवेदनशील डाटा (PIN/Bank/Insurance) चोरी हुन सक्छ ।
  • Cracked /Pirated Software download गरी प्रयोग गर्दा तथा अरुलाई share गर्दा खतरनाक (Dangerous) किसिमको संक्रमणहरु (Virus/Trojan/Malware/Rootkit etc.) सर्न सक्छ ।
  • Cracked /Pirated Software प्रयोग भएको उपकरणबाट गृह नेटवर्क (Home Network) मा आवद्द रहेका फोन, ट्याब्लेट, र अन्य कम्प्युटरहरू जस्ता अन्य उपकरणहरूमा समेत मालवेयर सर्ने र नेटवर्कमा आवद्द रहेका उपकरणहरूमा ह्याकरको पहुँचमा सजिलै पुग्न सक्छ । जसले गर्दा प्रयोगकर्तालाई थाहै नदिई कम्युटर/उपकरण प्रयोगकर्ताको दैनिक क्रियाकलापलाई ह्याकरले अवलोकन गर्ने देखि सम्पूर्ण महत्वपूर्ण डाटालाई प्रयोग गर्न नसक्ने बनाई दिन सक्छ र कम्प्युटर प्रणालीलाई समेत नचल्ने गराउन सक्छ ।
Cracked/Pirated Software बाट हुन सक्न सम्भावित जोखिमबाट बच्ने उपायहरु :
  • Licensed वा Open Source Software को प्रयोग गरौं ।
  • Cracked/Pirated Software को सट्टामा Licensed/Free trial/Free version को प्रयोग गरौं ।
  • शिक्षण सिकाई तथा व्यवसायीक प्रयोजन लगाएतका कार्यमा Licensed/Open source Operating System तथा Application Software को प्रयोग गरौं ।
  • Licensed/Open Source Software हरु उक्त सफ्टवेयर निर्माता कम्पनीकाे आधिकारिक वेबसाइटबाट मात्रै डाउनलोड गराैं ।
  • Cracked/Pirated Software को प्रयोगलाई निरुत्साहन गराैं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१