close

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको कम्प्युटर बिग्रियो, खगोलीय तस्वीर प्राप्त गर्न समस्या

टेकपाना टेकपाना

असार ५, २०७८ ९:३४

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रको कम्प्युटर बिग्रियो, खगोलीय तस्वीर प्राप्त गर्न समस्या

काठमाडौं । अन्तरिक्षबाट खगोलीय तस्वीर पठाउने दूरविनको सिस्टममा समस्या आएको छ । सन् १९९० मा हबल टेलिस्कोप पृथ्वीको तल्लो कक्षमा प्रक्षेपण गरिएको थियो । कम्प्युटरमा खराबी आएपछि अन्तरिक्षबाट प्राप्त हुने खगोलीय तस्वीर प्राप्त हुनेक्रम रोकिएको छ ।

अन्तरिक्षमा हबल स्पेस टेलिकस्कोपले काम गर्न छोडेको छ । हबल स्पेस टेलिस्कोप कम्प्युटरमा प्राविधिक समस्या उत्पन्न हुँदा यो उपकरणले काम गर्न नसकेको हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसको जानकारी दिएको हो । पछिल्लो ३० वर्षदेखि अन्तरिक्षमा रहेर अनगिन्ति खोज गरेको हबल टेलिस्कोपमा १९८० को दशकको कम्प्युटर राखिएको छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार हबलको उक्त कम्प्युटरको सहयोगमा विज्ञानसँग सम्बन्धित उपकरण नियन्त्रण गरिँदै आएको थियो । कम्प्युटरमा खराबी आएपछि अन्तरिक्षमा हुने अन्य गतिविधिको सूचना समेत प्राप्त गर्न नसकिएको नासाले जनाएको छ । नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त परियोजनाको रुपमा हबल टेलिस्कोप तयार पारिएको थियो ।

नासाले बताए अनुसार १३ जुनको बेलुकीदेखि हबलले काम गर्न छोडेको हो । कम्प्युटरको मेमोरी बोर्डमा समस्या आउँदा हबलले अचानक काम गर्न बन्द गरेको बताइएको छ । यद्यपी नासाका वैज्ञानिकहरु सिस्टमको खराबीलाई रिबुट गर्ने प्रयास गरेका थिए । तर एउटै समस्या बारम्बार देखियो ।

वैज्ञानिकहरु अब ब्याकअप मेमोरी युनिटलाई सुरक्षित रुपमा निकाल्ने प्रयासमा जुटेका छन् । अहिलेसम्म क्यामेरा र अन्य उपकरण सुरक्षित मोडमा रहेका छन् । यसबाहेक वैज्ञानिक अन्य उपकरणको सहयोगमा अन्तरिक्षमा निगरानी राख्ने काम पुनः सुरु गर्ने योजना बनाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१