close

स्मार्टफोनमा अब फास्ट चार्जिङको एउटै मापदण्ड

टेकपाना टेकपाना

असार ५, २०७८ १२:१४

स्मार्टफोनमा अब फास्ट चार्जिङको एउटै मापदण्ड

काठमाडौं । पछिल्ला केही वर्षमा फास्ट चार्जिङमा उल्लेख्य सफलता हात परेको छ । यो सफलतामा विशेषगरी चिनियाँ स्मार्टफोन उद्योगले निकै ठूलो भूमिका निर्वाह गरेको छ । तर, समस्या के हो भने फास्ट चार्जिङका लागि सबैले प्रयोग गर्ने एउटै मापदण्ड भने बन्न सकेको छैन ।

हालसम्म कम्पनीअनुसार आ-आफ्नै प्रविधिको प्रयोग हुँदा त्यसले एकरुपता पाउन नसकेको हो । अब भने फास्ट चार्जिङका लागि चिनियाँ ब्राण्डहरुले नयाँ कदम अघि बढाउने भएका छन् ।

ओप्पो, ह्वावे, साओमी, भिभो लगायतका चिनियाँ स्मार्टफोन ब्राण्डले अब फास्ट चार्जिङका लागि एउटै मापदण्ड बनाउने तयारी गरेका हुन् ।

कम्पनीअनुसार फरक-फरक प्रविधिको प्रयोगले समस्या आउनेभन्दै सबै चिनियाँ कम्पनीहरु एउटै मापदण्ड पालना गर्ने तयारीमा जुटेका हुन् ।यसरी फास्ट चार्जिङको एउटै मापदण्ड बन्ने भएसँगै विभिन्न क्षमताका डिभाइसमा लाग्ने अलग-अलग पावरको फास्ट चार्जरका लागि कम्पनीअनुसार लाग्ने लागतमा निकै कमी आउने अपेक्षा गरिएको छ ।

यो अभियानमा स्मार्टफोन कम्पनीका साथै रकचिप र चाइना एकेडेमी अफ इन्फर्मेसन एन्ड कम्युनिकेशन टेक्नोलोजीसमेत सहभागी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६