close

ट्वीटर स्पेसमा नयाँ सुविधा, अब होस्टले अडियो फाइल डाउनलोड गर्न पाउने

टेकपाना टेकपाना

असार ५, २०७८ २०:३५

ट्वीटर स्पेसमा नयाँ सुविधा, अब होस्टले अडियो फाइल डाउनलोड गर्न पाउने

काठमाडौं । पछिल्लो समय अडियोमा आधारित समाजिक सञ्जालको प्रयोगमा आकर्षण बढेको छ । क्लबहाउसले सुरु गरेको यो यात्रामा पछिल्लो समय विश्वका ठूलो कम्पनी पनि समावेश भइरहेका छन् । क्लबहाउसपछि सोही खालको सेवा दिन हाल ट्वीटर र स्पोटिफाई समेत रहेका छन् । फेसबुकले पनि आउँदो मंगलबार पोडकास्ट सेवा सुरू गर्दै छ ।

यस्तोमा कुन कम्पनीले कस्ता खालको सुविधा प्रयोगकर्तालाई उपलब्ध गराउँछन भन्ने विषयले पनि धरै अर्थ राख्ने देखिन्छ । क्लबहाउसले पाएको सफलता पछ्याउँदै ट्वीटरले ल्याएकाे ट्वीटर स्पेसमा पनि पछिल्लो समय उल्लेख्य प्रयोगकर्ता जोडिएका छन् ।

यस्तोमा अझ प्रयोगकर्ताले आफूतर्फ तान्ने योजनाका साथ ट्वीटरले नयाँ फिचर उपलब्ध गराएको छ । जुन प्रयोगकर्ताको हिसाबले सबैभन्दा राम्रो फिचर हो । यसको अर्थ अब स्पेसमा कार्यक्रम होस्ट गर्ने व्यक्तिले उक्त कार्यक्रमको सम्पूर्ण रेकर्डिङ डाउनलोड गर्नसक्ने भएका छन् । जसले तपाईंले आयोजना गरेको कार्यक्रममा कसले के बोल्यो भनेर पछि सुन्न सकिनेछ ।

कम्पनीका अनुसार होस्टले कार्यक्रम आयोजना गरेको ३० दिनसम्म उक्त फाइल डाउनलोड गर्न सक्नेछ । यसको अर्थ एक महिनासम्म तपाईंले ट्वीटर स्पेसमा गर्नुभएको सम्पूर्ण स्ट्रिमिङ स्टोर भएर बस्नेछ, जसलाई तपाईंले डाउनलोड गर्न सक्नुहुनेछ ।

त्यसका लागि प्रयोगकर्ताले प्रोफाइल सेटिङमा गएर ‘योर अकाउन्ट’ सेक्सनमा रहेको ‘डाउनलोड एन्ड अर्काइभ अफ योर डेटा’ मा गएर ‘रिक्योस्ट अर्काइभ’ गरी जिप फाइलको रुपमा डाउनलोड गर्न सकिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६