close

मोबाइलमै मिम बनाउन चाहनुहुन्छ ? यस्ता छन् उपयोगी ७ एप

टेकपाना टेकपाना

असार ५, २०७८ १४:३९

मोबाइलमै मिम बनाउन चाहनुहुन्छ ? यस्ता छन् उपयोगी ७ एप

काठमाडौं । मिमलाई तपाईं कसरी बुझ्नुहुन्छ ? सामाजिक सञ्जालमा भेटिने फाल्तु कुरा, जसले हाम्रो समयलाई खाइरहेको छ !

तर वास्तवमा मिमकाे अर्थ बृहत छ । यो एउटा व्यङ्गचित्र हो । समसामयिक परिस्थितिको सटिक तथा कलात्मक प्रस्तुति हो । यसले कहिले हाम्रो स्वभावमाथि व्यङग्य गरिरहेको हुन्छ, कहिले हाम्रा समान अनुभूति तथा भोगाइहरुको वर्णन गरिरहेको हुन्छ ।

मिम पढ्न र शेयर गर्न जति रमाइलो हुन्छ, यसलाई बनाउन पनि त्यति नै रमाइलो हुन्छ । धेरै मानिसहरु मिम बनाउन चाहन्छन्, तर कसरी र कहाँ बनाउने उनीहरुलाई थाहा हुँदैन । आज हामी एन्ड्राेइड प्रयाेगकर्ताका लागि धेरैले प्रयोग गर्ने केही मिम क्रिएटर एपसँग परिचित गराउँदै छाैं ।  

जीएटीएम मिम जेनेरेटर 

जीएटिएम मिम जेनेरेटर निरन्तर अपडेट सहित आउने चर्चित मिम जेनेरेटर एप हो । यसमा आफ्नै इमेज ग्यालरी छ । साथै तपाईंले आफ्नो ग्यालरीको फोटो पनि यसमा प्रयोग गर्न सक्नुहुन्छ ।

वाटरमार्क नहुने भएकाले धेरैले याे एप रूचाउने गर्छन् । यसमा नयाँ मिम टेम्प्लेटहरु छन् । यो समय समयमा रिडिजाइन पनि हुने गरेको छ । तर यसका अधिकांश फङ्सनालिटी भने सधै पूर्ण हुन्छन् ।

तर यसको नि:शुल्क भर्सनमा विज्ञापनहरु राखिएका छन् । यसको प्रो भर्सनमा विज्ञापन छैन, तर मूल्य १.९५ डलर तिर्नुपर्छ । एन्ड्राेइड प्रयाेगर्ताले यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । 

मिमेटिक 

मिमेटिक एउटा राम्रो मिम क्रिएटर एप हो । यसमा मिम टेम्प्लेटको लाइब्रेरी छ, जसमा एकदमै क्लासिक र नयाँ दुवै किसिमका छन् । तपाईंले आफ्नै फोटो प्रयोग गरेर समेत मिम तयार गर्न सक्नुहुन्छ ।

यसको युआई युजर इन्टरफेस एकदमै सजिलो छ । यो एप पूर्णरुपमा नि:शुल्क छ । तर यसमा केही एडहरु भने छन्, जसलाई तपाईंले हटाउन सक्नुहुँदैन । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । 

मिमड्रोइड 

मिमड्रोइड पुरानो मिम जेनेरेटर एप हो । यसमा तपाईंले नयाँ-पुराना सबै मिम पाउन सक्नुहुन्छ । यसमा फोटो क्याप्सन तथा गिफ सबै कुरा अपलोड गर्न सकिन्छ । अर्को शब्दमा भन्नुपर्दा यसले एउटा असल मिम बनाउन आवश्यक सबै आधारभूत काम गर्दछ ।

यसमा त्यति धेरै अतिरिक्त फिचरहरु छैनन् । यसको फ्रि भर्सनमा विज्ञापनहरु देखिन्छन् । यसको विज्ञापनरहित सशुल्क भर्सनको मूल्य २.९९ डलर छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । 

मिम जेनेरेटर

जोम्बोड्रोइडको मिम जेनेरेटर एउटा उत्कृष्ट मिम क्रिएटर एप हो । यसमा विज्ञापन रहितको सशुल्क भर्सन पनि छ । यसमा एक हजारभन्दा धेरै मिम टेम्प्लेट छन् । जसमा तपाईंले राम्रो सर्च, क्याटेगोरी र नयाँ मिमसँगको लगातार अपडेटबाट आफ्नै राम्रो मिम बनाउन सक्नुहुन्छ ।

पुरानो सामसङ फोनको फिक्स हुन नसकेको बगको कारण यसमा एपको एउटा पुरानो भर्सन मात्र चल्दछ । यो एउटा एकदमै राम्रो विकल्प हो ।

यदि तपाई अन्य किसिमको मिडिया मिम सर्फ गर्न चाहानुहुन्छ भने यो एपले तपाईलाई भिडीयो गिफ र मिम साउण्डबोर्ड पनि उपलब्ध गराउँछ । यसमा नि:शुल्क भर्सन पनि उपलब्ध छ । सशुल्क भर्सनको भने २.९९ डलर मूल्य रहेको छ । यसलाई यहाँबाट डाउनलोड गर्नसक्नुहुन्छ । 

आईफन्नी

आइफन्नी नि:शुल्क कमेडी एप हो, जसमा तपाईंले निकै रमाइला मिमहरु बनाउन सक्नुहुन्छ । आईफन्नीकाे प्रयाेग गर्न थालेपछि यसबाट रमाइला गिफ, भिडियो र मिमहरुको आदत पर्नेछ । कमेन्टमा साथीहरुलाई खोज्न र च्याट गर्न सक्ने सुविधा दिइएको छ ।

साथमा तपाईंले आफ्नो मिम कलेक्सन समेत बनाउन सक्नुहुन्छ । यसमा १० मिलियनभन्दा बढीकाे युजर कम्युनिटी रहेकाे छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ । 

टम्ब्लर

टम्ब्लर लाेकप्रिय भिडियाे, फाेटाे र गिफ मेकर टुल हाे । यसमा तपाईंले नि:शुल्क टेक्स्ट पाेस्ट र ओरिजिनल अडियाे थप्न सक्नुका साथै स्पाेटिफाइजस्ता लाेकप्रिय स्ट्रमिङ सर्भिस जस्ता प्लेटेफर्मबाट गीतका अडियाे सर्च गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

गिफी

गिफी गिफ्सहरु भण्डारण हुने ठाउँ हो । यसले गिफ फर्म्याटमा मात्र काम गर्दछ । यसमा नि:शुल्क रूपमा गिफ, स्टिकर, छाेटाे भिडियाे खाेज्न र फेसबुक मेसेन्जर, इन्स्टाग्राम, स्न्यापचाट लगायतका सामाजिक सञ्जालमा शेयर गर्न सक्नुहुन्छ । यसलाई यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ ।

बोनसमा वेबसाइट 

अहिले मोबाइल प्रविधिको युगमा धेरै मिम जेनेरेटर एपहरु हुन्छन् । तर कुनै पनि एड डाउनलोड नगरी वेबमा मिम बनाउन चाहनेहरुका लागि समेत विभिन्न विकल्प छन् । जसमा आईएमजी फ्लिप, मिमजेनेरेटर डट नेट, कापविङ, मेक अ मिम आदि केही उदाहरण हुन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६