close

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टेकपाना टेकपाना

असार ५, २०७८ १६:८

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिकामा मोबाइल मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हिरापोखराकी ३५ वर्षीया नीरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर विहान घाइते भएकी विकको उपचारको क्रममा निधन भएको हो । घाइते विकलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पताल राखिएको थियो । अस्पतालमै उनको मृत्यु भएको तानसेन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोबाइल पछाडिको भागमा रहेको धातुमा शर्ट हुँदा करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अध्ययनले देखाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६