close

इन्टरनेट स्लो भयो ? यस्ता छन् वाई फाईको स्पिड बढाउन गुगलका ५ टिप्स

टेकपाना टेकपाना

असार ६, २०७८ १०:१०

इन्टरनेट स्लो भयो ? यस्ता छन् वाई फाईको स्पिड बढाउन गुगलका ५ टिप्स

काठमाडौं । कोभिड १९ काे महामारीपछि इन्टरनेटकाे प्रयाेग निकै बढिरहेकाे छ । कुनै समय बिहान र बेलुकामात्रै इन्टरनेट प्रयोग गर्ने हामी अहिले अधिकांश समय इन्टरनेटमा जोडिएका हुन्छौं । कोही अफिसको काम, कोही अनलाइन क्लास र कोही सामाजिक सञ्जाल चलाउँदै बसिरहेका हुन्छौं ।

यस्तोमा इन्टरनेट स्लो हुनु स्वभाविक पनि हो । तर, सँगै केही कुरामा हामीले ध्यान दिने हो भने पनि हामीले हाम्रो इन्टरनेटको स्पिडलाई केही हदसम्म भएपनि बढाउन सक्छौं । इन्टरनेटको स्पिड बढाउन बजारम केही इन्टरनेट बुस्टरहरु समेत उपलब्ध हुन्छन् । गुगल आफैंले पनि वाई फाई बुस्टिङ ग्याजेट विश्वका कतिपय देशमा बिक्री गर्दै आएको छ ।

यस्ता डिभाइस सबै ठाउँमा उपलब्ध नहुन सक्छ । तर, अर्को विकल्प भनेको राउटर पनि हो । इन्टरनेट सेवा प्रदायकले उपलब्ध गराउने राउटरले खासै काम नगर्ने पनि हुनसक्छ । यस्तोमा तपाईंले बजारमा उपलब्ध उत्कृष्ट राउटर प्रयोग गरी पनि वाइफाईलाई बुस्ट गर्न सक्नुहुनेछ ।

यी त थिए विभिन्न उपकरण खरिद गरी वाई फाई बुस्ट गर्ने तरिका । यदि तपाईं पैसा खर्च गर्न चाहनुहुन्न भने पनि वाई फाई इन्टरनेटलाई बुस्ट गर्न सकिने केही सहज उपाय गुगलले प्रस्तुत गरेको छ । जसलाई हामी यहाँ प्रस्तुत गर्दैछौं ।

१. सबैभन्दा महत्वपूर्ण कुरा तपाईंको राउटर नियमित रुपमा अपडेट भइरहेको छ वा छैन भन्ने कुरा यकिन हुन जरुरी छ । यदि तपाईं तीन/चार वर्ष पुरानो राउटर प्रयोग गर्दैआउनु भएको छ भने त्यसले तपाईंको डिभाइसमा कनेक्ट हुने इन्टरनेटलाई स्लो बनाउनेछ । त्यतिमात्रै नभएर पुराना राउटरले २.४ गिगाहर्ज सिंग्नलमात्रै सपोर्ट गर्ने भएकाले पछिल्लो प्रविधि वाई फाई गिगाहर्जमा जान आवश्यक हुन्छ ।

२. तपाईंको पासवर्डलाई सुरक्षित राख्नु पनि अर्को महत्वपूर्ण पक्ष हो । हामी पासवर्ड सम्झिनुपर्ने झन्झटका कारण कतिपय अवस्थामा पासवर्ड नै राख्दैनौं । तर, सचेत हुनुहोस् यदि वाई फाई खुल्ला राख्दा जोकोहीले पनि तपाईंको वाई फाईमा एक्सेस गर्नसक्छ । त्यसैले पासवर्ड राख्न जरुरी छ । पासवर्ड राख्दा पनि हामीले राख्ने पासवर्ड कति सुरक्षित छ भनेर बुझ्न आवश्यक हुन्छ । त्यसैले पासवर्ड राख्दा कसैले अनुमान गर्न नसक्ने र सुरक्षित पासवर्ड राख्न आवश्यक हुन्छ ।

३. यदि तपाईंको घरमा केटाकेटी छन्, अथवा धेरै पाहुना आउँछन भने घरमा आउने पाहुनालाई छुट्टै वाई फाई नेटवर्क क्रियट गर्नु सबैभन्दा उपयुक्त हुनेछ । यसले तपाईंको डिभाइसाई समेत सुरक्षित राख्न मद्धत गर्नुका साथै तपाईंको वाई फाईको गतिलाई पनि कायम राख्न मद्धत गर्नेछ ।

४. कोभिड–१९ का कारण इन्टरनेटको खपत बढेको छ । यस्तो समयमा इन्टरनेटको ब्याडविथको खपत बढी हुनाले इन्टरनेट स्लो चलिरहेको हुन्छ । यस्तोमा ब्याण्डविथ म्यानेजमेन्टलाई पनि ध्यान दिन आवश्यक छ । अहिले बजारमा पाउने कतिपय मोर्डन राउटरले वाई फाईमा कनेक्टेड कुन डिभाइसले कति ब्याण्डविथ खपत गरिरहेको छ भनी दखाउँछ । भने, उक्त डिभाइसमा ब्याडविथ घटाउने/बढाउने पनि अप्सन पनि दिन्छ । जसमबाट तपाईंले चाहेअनुसार ब्याण्डविथ व्यवस्थापन गर्न स्क्नुहुन्छ ।

. हामीले यसअघि नै राउटर इन्टरनेट स्पिडको लागि महत्वपूर्ण डिभाइस भएको उल्लेख गरिसकेका छौं । तपाईंको वाई फाईले काम गर्ने/नगर्ने भन्ने विषय राउटरले नै निर्धारण गर्छ । यस्तोमा तपाईंले राउटर कहाँ राख्नु भएको छ भन्ने कुराले पनि फरक पार्छ । गुगलका अनुसार राउटर राख्दा जहिलै पनि सबैको केन्द्र विन्दुमा राख्नु उत्तम हुनेछ । यदि तपाईंले राउटर कुनै कुनामा, ढोकाको पछाडि राख्नुभएको खण्डमा वाई फाई नेटवर्क कम फैलिने हुँदा भिडियो हेर्दा लोड भइरहने, नचल्ने जस्ता समस्या आउँछन् । त्यसैले राउटरलाई जतिसक्दो खुला ठाउँमा राख्दा वाई फाई बुस्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६