close

गुगल क्रोममा फेरि अर्को बग, तत्काल अपडेट गर्न कम्पनीको आग्रह

टेकपाना टेकपाना

असार ६, २०७८ १६:८

गुगल क्रोममा फेरि अर्को बग, तत्काल अपडेट गर्न कम्पनीको आग्रह

काठमाडौं । गुगलले आफ्नो ब्राउजर क्रोमका दुई अर्ब प्रयोगकर्तालाई तत्कालै नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको छ । कम्पनीले एक हप्तामै दुईपटक आफ्ना प्रयोगकर्तालाई गुगल क्रोमको नयाँ भर्सन अपडेट गर्न आग्रह गरेको हो ।

केही समयअघि क्रोमको नयाँ भर्सन सार्वजनिक भएको थियो । साे भर्सनमा ‘जेरो–डे’ एक्स्प्लेाइट फेला परेको थियो । अर्थात् केही सुरक्षा कमजोरी फेला परेको थियो, जसमार्फत ह्याकरले प्रयागकर्ताकाे डेटामाथि पहुँच राख्न सक्थे । कम्पनीले केही दिनअघि प्रयोगकर्तालाई साे कमजोरी समाधान गरी नयाँ अपडेट उपलब्ध गराएको थियो ।

साे अपडेटपछि गुगल क्रोममा नयाँ कमजोरी (सीभीई–२०२१–३०५५४) फेला परेको थियो । जुन वेबजेबीएलमा अर्थात रेन्डरिङको जाभास्क्रिप्टमा फेला परेको थियो । उक्त कमजोरी भेटिएसँगै कम्पनीले एक हप्ताको अवधिमा प्रयोगकर्तालाई दोस्रोपटक समस्या समाधान गरी क्रोम अपडेट गर्न आग्रह गरेको हो ।

त्यसैले तपाईंले तत्कालै क्रोमको नयाँ भसर्न अपडेट गर्नु उपयुक्त हुनेछ । त्यसका लागि तपाईंले ‘सेटिङ’ मा गएर ‘हेल्प’ मा क्लिक गरी ‘अबाउट गुगल क्रोम’ मा क्लिक गरी भर्सन ‘91.0.4472.114’ भए/नभएको यकिन गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६