close

दक्षिण कोरियाको न्युक्लियर रिसर्च एजेन्सीमाथि उत्तर कोरियाली ह्याकरको हमला

टेकपाना टेकपाना

असार ६, २०७८ २०:५४

दक्षिण कोरियाको न्युक्लियर रिसर्च एजेन्सीमाथि उत्तर कोरियाली ह्याकरको हमला

काठमाडौं । दक्षिण कोरियाको अटोमेटिक इनर्जी रिसर्च इन्स्टिच्युट साइबर हमलामा परेको छ । भीपीएन भल्नरेविलिटीका माध्यममार्फत उत्तर कोरियाका ह्याकरले अघिल्लो महिना सो इन्स्टिच्युटमाथि साइबर आक्रमण गरेका हुन् ।

इन्स्टिच्युट स्वयंले साबइर हमला भएकाे पुष्टि गरेकाे छ । न्युक्लियर पावरसँग सम्बन्धित अध्ययन अनुसन्धानका लागि सरकारको लगानीमा याे इन्स्टिच्युट सञ्चालित छ ।

यसअघि दक्षिण कोरियाली मिडियाले यस घटनाबारे जानकारी बाहिर ल्याएका थिए । तर, इन्स्टिच्युटले भने साे घटनालाई अस्वीकार गरेको थियाे । उल्टै संस्थाले ह्याकिङकाे कुनै संकेत पनि नभएको बताएको थियो ।

तर, अहिले भने संस्था आफैंले ह्याक भएको घटना सार्वजनिक गरेको छ । भने, संस्थाले घटना लुकाएको प्रति क्षमासमेत मागेको छ । भीपीएन डिभाइसमा आएको कमीका कारण ह्याकरले यो इन्स्टिच्युटको सिस्टममाथि आक्रमण गर्न सफल भएका थिए ।

उक्त घटनापछि इन्स्टिच्युटले सम्पूर्ण सिस्टम अपडेट गरेकाे जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६