close

इन्टरनेट बिनै अब मल्टिपल डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

असार ६, २०७८ १९:४६

इन्टरनेट बिनै अब मल्टिपल डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न सकिने

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप अब बिना इन्टरनेट एकैपटक मल्टिपल डिभाइसमा प्रयोग गर्न सकिने भएको छ । वेबवेटा इन्फोका अनुसार ह्वाट्सएपको मल्टी–डिभाइस फिचर हाल निर्माणकाे क्रममा छ, जुन आउँदो दुई महिनाभित्र बेटा टेस्टिङका रुपमा सार्वजनिक गरिने छ ।

याे फिचरअन्तर्गत एउटा फाेनमा एकैपटक चार अतिरिक्त डिभाइस लिंक गर्न सकिन्छ । यसबारे कम्पनीका सीईओ मार्क जुकरवर्गले पनि गत हप्ता एक अन्तर्वार्ता दिँदै मल्टी–डिभाइस फिचर अबको दुई महिनामा उपलब्ध हुने बताएका थिए ।

योसँगै प्रयोगकर्ताले बिना इन्टरनेट पनि एउटा डिभाइबाट अर्को डिभाइसमा सहज रुपमा कनेक्ट गर्न सक्नेछन् । भने, एन्ड्रोइडमा रहेको च्याट, म्यासेज लगायतका सम्पूर्ण कुरा एकैपटक ट्रान्सफरसमेत गर्न सकिने जनाइएको छ ।

यसका साथै लिंक भएका सबै डिभाइसमा भ्वाइस तथा भिडियो कल समेत सर्पोट गर्ने जनाइएको छ । यसबारे थप बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६