close

सुरक्षित रुपमा यसरी सफा गर्नुहोस् आफ्नो ल्यापटप

टेकपाना टेकपाना

असार ७, २०७८ १३:३

सुरक्षित रुपमा यसरी सफा गर्नुहोस् आफ्नो ल्यापटप

काठमाडाैं । आज हामी तपाईंलाई ल्यापटप तथा डेक्सटप कम्प्युटर सुरक्षित रुपमा सफा गर्ने उपायको बारेमा जानकारी दिन गइरहेका छौँ । एयर कम्प्रेसर तथा विद्ययुतीय क्लिनर बिनै तपाईंले सुरक्षित रुपमा कम्प्युटर तथा ल्यापटप सफा गर्न सक्नुहुन्छ ।

त्यसका लागि पानी र रुबिङ अल्कोहल लिनुहोस् । तपाईंले रुबिङ अल्कोहल बजारमा सजिलै किन्न पाउनुहुनेछ । अब चौडा किसिमको एउटा माइक्रोफाइबर कपडा लिनुहोस् । यसले कुनै स्क्र्याच नगरेरै कम्प्युटर तथा ल्यापटपको सबै किसिमका फोहरमैला तान्न सक्छ ।

खास गरेर मोनिटर सफा गर्ने क्रममा तपाईंले यो पद्दति अपनाउन एकदमै महत्वपुर्ण छ । यही पद्दति तपाईंले ल्यापटप तथा किबोर्ड सफा गर्ने क्रममा समेत अपनाउन सक्नुहुन्छ ।

हावाको चापबाट सफा गर्ने क्रममा फोहर मैला बाहिर निस्किनुकाे साटो किबोर्ड भित्र जम्मा भएर बसिरहेको हुन्छ ।

माइक्रो फाइबर कपडामा स्प्रे गर्नुहोस् । स्प्रे गरिएको कपडाले हातको पछाडि भागमा हलुकासँग हिर्काउनुहोस् । कपडाको एकदमै धेरै आद्रता इलेक्ट्रोनिक्स डिभाइसका लागि एकदमै नराम्रो हो । अब औंलाहरुको बीचमा कपडालाई पट्याउनुहोस् र सजिलैसँग कम्प्युटर, ल्यापटप तथा किबोर्ड सफा गर्नुहोस् ।

केहीबेरमै कपडाको त्यो भाग फोहोर हुनेछ । त्यसैले कपडाको अर्को भागलाई त्यसैगरी स्प्रे गरेर हातको पछाडि हिर्काएर सरसफाइको कार्य पहिले जस्तै जारी राख्नुहोस् । मोनिटर सफा गर्दा माथिपट्टीबाट अंग्रेजी अक्षर ‘एस’ को स्वरुपमा तलतर्फ हातलाई चलाउन सक्नुहुन्छ ।

अनि अर्को महत्वपुर्ण कुरा कहिल्यै पनि इलेक्ट्रोनिक्स डिभाइसमा सोझै स्प्रे गर्ने गल्ती नगर्नुहोस् । स्प्रे गरिएको कपडाले नै तपाईंको किबोर्डलाई छिट्टै सफा गर्न सघाउँछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६