close

आजदेखि टुटल र पठाओको सेवा सुचारु

टेकपाना टेकपाना

असार ८, २०७८ ७:४६

आजदेखि टुटल र पठाओको सेवा सुचारु

काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा राइड शेयरिङ प्लेटफर्म टुटल-पठाओको सेवा सुचारू भएको छ । जारी निषेधाज्ञा खुकुलो गर्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबारको बैठकले आजदेखि राइड शेयरिङ सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

निजी निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागु भएसँगै त्यही नीति अनुसार राइड शेयरिङ समेत सुचारु भएका हुन् । निषेधाज्ञाको समयमा राइड शेयरिङ एपहरुमा बुकिङ ब्लक गरेर राखिएको थियो ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरेर सेवा सुरु गरिएको पठाओका क्षेत्रीय निर्देशक असिममान सिहं बस्न्यातले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६