close

साओमीको रेड्मी नोट ९ मा एन्ड्रोइड ११ अपडेट

टेकपाना टेकपाना

असार ८, २०७८ ८:२९

साओमीको रेड्मी नोट ९ मा एन्ड्रोइड ११ अपडेट

काठमाडौं । साओमीको रेड्मी नोट ९ मा एन्ड्रोइड ११ अपडेट आएको छ । कम्पनीले यो फोनको ग्लोबल र रसियन भेरियन्टका लागि एन्ड्रोइड ११ अपडेट दिन सुरू गरेको जनाएको छ ।

गत वर्षको मे महिनामा चिनियाँ बजारमा यो फोन सार्वजनिक भएको थियो । त्यसको केही महिनापछि नेपाली बजारमा यो फोनको ग्लोबल भेरियन्ट भित्रिएको थियो ।

एन्ड्रोइड १० मा आधारित मियूआई ११ सहित सार्वजनिक भएको यो फोनका प्रयोगकर्ताले अब एन्ड्रोइड ११ पाउनेछन्, जसको बिल्ड नम्बर V12.0.1.0.RJOMIXM रहेको छ । कम्पनीले सुरूवातमा केही प्रयोगकर्ताका लागि मात्र यो अपडेट दिन सुरू गरेपनि केही दिनमा सबैका लागि उपलब्ध गराउने बताएको छ ।

प्रयाेगकर्ताले नयाँ अपडेटसँगै एन्ड्रोइड ११ मा आधारित स्टेबल मियूआई र मे २०२१ को एन्ड्रोइड सेक्युरिटी प्याच पाउनेछन् । ग्लोबल भेरियन्टका लागि एन्ड्रोइड ११ को साइज २.१ जीबी रहेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६