close

अब गुगलमा देशअनुसार फिल्टर गरेर न्युज हेर्न सकिने

टेकपाना टेकपाना

असार ८, २०७८ १२:३७

अब गुगलमा देशअनुसार फिल्टर गरेर न्युज हेर्न सकिने

काठमाडौं । गुगलले अब प्रयोगकर्तालाई देशअनुसार फिल्टर गरी समाचार पढ्न सकिने फिचर उपलब्ध गराउने भएको छ । हालसम्म गुगलमा प्रयोगकर्ताले विभिन्न विधा अर्थात क्षेत्रअनुसार समाचार छनोट गरी पढ्न पाउँथे ।

तर, अब भने इच्छाअनुसारकाे देशकाे समाचार हेर्न पाइने भएकाे छ । यो फिचर हाल केही प्रयोगकर्तामाझ बेटा भर्सनको रुपमा उपलब्ध गराइएको सञ्चारमाध्यमले जनाएका छन् ।

click for full size

यो फिचर प्रयोगका लागि प्रयोगकर्ताले आफैंले देश छनोट गर्नुपर्ने छ । जब तपाईं गुगल न्युजमा जानुहन्छ, त्यहाँ तपाईंले वेबमा रहेका सम्पूर्ण समाचार पढ्ने कि देश छनोट गरेर समाचार पढ्ने भन्ने विषय छान्नुपर्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६