close

८ एन्ड्रोइड एपमा फेला परेको भाइरसबाट प्रयोगकर्ताको डेटा र रकम चोरी

टेकपाना टेकपाना

असार ८, २०७८ १५:३२

८ एन्ड्रोइड एपमा फेला परेको भाइरसबाट प्रयोगकर्ताको डेटा र रकम चोरी

काठमाडौं । गुगल प्ले स्टोरमा उपलब्ध एन्ड्रोइडका ८ एपमा माल्वेयर फेला परेको छ । ‘जोकर’ माल्वेयरको रुपमा देखापरेको याे भाइरसका कारण प्रयोगकर्ताको डेटा तथा रकम चोरी भइरहेको पाइएको छ ।

यो माल्वेयर क्विक हिल सेक्युरिटी ल्याबले फेला पारेको हो । ल्याबका अनुसार यी ८ एपमार्फत ह्याकरले एन्ड्रोइड प्रयोगकर्ताको डेटा संकलन गरिरहेको जनाइएको छ ।

यो विषयमा ल्याबले गुगललाई यसअघि नै जानकारी गराइसकेको छ । भने, गुगलले पनि तत्कालै उक्त ८ एप हटाएको जनाएको छ । जोकर भाइरसबाट संक्रमित पछिल्ला एपहरुमा एक्जुलरी म्यासेज, फास्ट म्याजिक एसएमएस, फ्री क्यामस्क्यानर, सुपर म्यासेज, एलिमेन्ट स्क्यानर, गो म्यासेजेज, ट्राभल वालपेपर्स र सुपर एसएमएस रहेका छन् ।

यी एप हाल डाउनलोडका लागि उपलब्ध भने छैन । तर, प्रयोगकर्तासँग यसअघि नै डाउनलोड भएर बसेका त्यस्ता एप पनि सुरक्षित नहुने जनाइएको छ । जसमार्फत ह्याकरले प्रयोगकर्ताको एन्ड्रोइड फोनमा पुहँच बनाई प्रयोगतर्काको डेटा संकलन गर्नसक्ने जनाइएको छ ।

त्योभन्दा पनि ह्याकरले प्रयोगकर्ताको मोबाइल बैंकिङ एप, अनलाइन बैंकिङजस्ता प्लेटफर्ममा समेत पुहँच पुर्याउनसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६