close

क्लबहाउस एपमा प्रहरी अधिकृतको फोटो दुरूपयोग गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

असार ८, २०७८ १६:१०

क्लबहाउस एपमा प्रहरी अधिकृतको फोटो दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल क्लबहाउसमा नेपाल प्रहरी तथा प्रहरी अधिकृतको फोटो दुरुपयोग गर्ने व्यक्ती पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ६ खरिबोट बस्ने २० वर्षीय इसान लामिछाने पक्राउ परेकाे साइबर ब्यूराेले जनाएकाे छ ।

केही दिनअघि क्लबहाउस एपमा प्रहरीको लोगो दुरुपयोग गरी नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाई प्रहरी अधिकृतको दर्ज्यानी चिन्ह अंकित युनिफर्मसहितको फोटो दुरुपयोग भएको पाइएको थियो । फेक आईडीमार्फत् यस्तो भ्रामक र अफवाह फैलाइएको उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रोफाइलमा प्रहरी अधिकृतको नाम लगायतका विवरणसमेत समावेश गरी त्यस्ताे आईडीबाट नेपाल प्रहरीका कर्मचारीहरुको छविमा नकारात्मक प्रभाव पार्ने गरी साे एपबाट सूचना सम्प्रेषण भएकाे थियाे ।

यस्ता गतिविधिले अहोरात्र आम नागरिकको सेवामा समर्पित सिंगो प्रहरी संगठनको छविलाई धमिल्याउने गतिविधि भएकाे ब्यूराेले जनाएकाे छ । निज लामिछानेमाथि काठमाडाैं जिल्ला अदालतको अनुमतिले ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६