close

झण्डै २ घण्टापछि सुचारु भयो टेलिकमको मोबाइल सेवा

टेकपाना टेकपाना

असार ९, २०७८ ९:३५

झण्डै २ घण्टापछि सुचारु भयो टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या झण्डै दुई घण्टापछि सुचारु भएको छ । कम्पनीको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका प्रयोगकर्ताले बुधबार बिहानदेखि मोबाइलमा भ्वाइस सेवा प्रयोग गर्न पाएका थिएनन् ।

भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्क कल लाग्ने भए पनि कम्पनीकै अन्य नम्बरमा भने फोन नलाग्ने समस्या देखिएको छ । कोर नेटवर्कमा रहेको एचएलआर सिस्टमको खराबीका कारण मोबाइल सेवा प्रभावित भएको हो ।

एचएलआर सिस्टमले हरेक ३० मिलि सेकेन्डमा प्रयोगकर्ताको लोकेसन अपडेट गर्नेगर्छ । तर सिस्टमको खराबीका कारण प्रयोगकर्ताको लोकेसन ट्रेस हुन नसक्दा कल नलाग्ने समस्या उत्पन्न भएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६