close

अब ह्वाट्सएपबाटै सामान किन्न सकिने

टेकपाना टेकपाना

असार ९, २०७८ ११:९

अब ह्वाट्सएपबाटै सामान किन्न सकिने

काठमाडौं । फेसबुकले आफ्ना प्लेटफर्ममार्फत सामान खरिद गर्ने प्रक्रियालाई अझ सहज बनाएको छ । यसअघि नै फेसबुक मार्केटप्लेस र इन्स्टाग्राम सप फिचर उपलब्ध थिए । उक्त फिचरलाई पनि अझ परिस्कृत गर्दै कम्पनीले प्रयोगकर्तालाई सहजता प्रदान गरेको छ ।

त्यतिमात्रै नभएर अब ह्वाट्सएपमार्फत पनि सामान खरिद गर्न सकिने बनाएको कम्पनीका सीईओ मार्क जुकरबर्गले बताएका छन् । लाइभ अडियो रुममार्फत उनले यो फिचरका बारेमा जानकारी दिएका हुन् ।

जसमा उनले तीन फिचरको बारेमा बताएका छन् । त्यसमा ह्वाट्सएप शप, फेसबुक मार्केटप्लेस, शप एड र इन्स्टाग्राम भिजुअल सर्च रहेका छन् ।

जुकरबर्गका अनुसार हाल फेसबुक मार्केटप्लेसका एक करोडभन्दा बढी प्रयोगकर्ता छन् । त्यसैले उनीहरुको बिजनेसलाई सहज रुपमा प्रस्तुत गरी अहिलेभन्दा धेरै प्रयागकर्तामाझ पुर्‍याउने सकिनेछ ।

अर्कोतर्फ ह्वाट्सएपमा उपलब्ध हुने शप अप्सनमार्फत प्रयागकर्ताले सिधै बिक्रेतासँग च्याट गरेर सामान खरिद गर्न सक्नेछन् । त्यसका लागि ह्वाट्सएपमा चाँडै ‘शप’ अप्सन देखा पर्ने जनाइएको छ ।

Instagram-Visual-Search-1

त्यस्तै अर्को फिचर भनेको ‘शप एड’ हो । जसमार्फत प्रयोगकर्तालाई प्रयोगकर्ताको शपिङ अनुभवका आधारमा सामान सजेस्ट गर्ने गरी व्यवस्था मिलाउन सकिने भएको छ । भने, इन्स्टाग्राममा भिजुअल सर्च फिचर चाँडै उपलब्ध हुनेछ । जसमार्फत प्रयोगकर्ताले आफूलाई मन परेको फोटोका आधारमा प्रडक्ट सर्च गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६