close

भोलि विण्डोज ११ को घोषणा हुँदै

टेकपाना टेकपाना

असार ९, २०७८ १३:४६

भोलि विण्डोज ११ को घोषणा हुँदै

काठमाडौं । माइक्रोसफ्टले ल्याउन लागेको नयाँ अपरेटिङ सिस्टम विण्डोज ११ को घोषणा भोलि हुने भएको छ । भर्चुअल कन्फ्रेन्सबाट कम्पनीले पीसी प्रयोगकर्ताका लागि विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ घोषणा गर्ने तयारी गरेको हो ।

विण्डाेज इभेन्ट नेपाली समयअनुसार बेलुकी ८ः४५ बाट सुरू हुनेछ, जुन कार्यक्रम हामीले माइक्रोसफ्टको अफिसियल युट्युव च्यानलमा हेर्न सक्छौं । कम्पनीका सीईओ सत्य नाडेला र चिफ प्रडक्ट अफिसर पानोस पानायले यो इभेन्ट होस्ट गर्नेछन् ।

माइक्रोसफ्टले आधिकारिक रूपमा नयाँ ओएसको घोषणा नगरेपनि उसको तयारी विण्डोज ११ कै लागि देखिएको छ । लिक भएका सूचनाअनुसार कम्पनीले भोलि नै नयाँ अपरेटिङ सिस्टमका लागि रिलिज डेट घोषणा गर्नेछ ।

आउँदो अक्टोबरदेखि बजारमा यो संस्करण सार्वजनिक गर्नेगरी कम्पनीले काम गरिरहेको जानकार बताउँछन् ।

विण्डाेजकाे नयाँ संस्करणकाे युजर इन्टरफेसमा धेरै परिवर्तन हुने चर्चा गरिएकाे छ । साथमा अन्य आधुनिक फिचरहरु हुनेछन् । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा याे परियाेजना अगाडि बढाएकाे छ ।

हालै लिक भएकाे नयाँ फिचरअनुसार विण्डाेज ११ मा सुधारिएकाे स्टार्ट मेन्यु र टास्कबार, नयाँ एनिमेसन, आइकन, साउन्डका साथै परिस्कृत एप डिजाइन देख्न सकिन्छ ।

माइक्रोसफ्टका सीईओ नाडेलाले केही दिनअघि पछिल्लो दशककै महत्वपूर्ण अपडेटसहित नेक्स्ट जेनेरेसनको अपरेटिङ सिस्टम आउने उल्लेख गरेका थिए ।

यसैबीच माइक्रोसफ्टले विण्डोज १० लाई अक्टुबर १४, २०२५ मा बन्द गर्ने घाेषणा गरेकाे छ । अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले विण्डाेज १० हाेम र प्राेका लागि सपाेर्ट बन्द गर्ने मिति तय गरेकाे हाे ।

विण्डोज ११ को सर्च इन्टरफेस र फाइल एक्स्प्लोरर

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६