close

युरोप-अमेरिकामा प्रतिबन्ध झेलिरहेको ह्वावेलाई स्वदेशी कम्पनीको साथ

टेकपाना टेकपाना

असार ९, २०७८ १४:४२

युरोप-अमेरिकामा प्रतिबन्ध झेलिरहेको ह्वावेलाई स्वदेशी कम्पनीको साथ

काठमाडौं । फाइभजी पूर्वाधारमा धेरै देशमा प्रतिबन्ध खेपिरहेको ह्वावेलाई आफ्नो देशमा राम्रो साथ मिलिरहेको छ । हाल अमेरिका र युरोपका केही मुलुकले ह्वावेलाई फाइभजी प्रविधिमा प्रतिबन्ध लगाएका छन् । हालै स्विडेनले पनि फाइभजी प्रविधिमा ह्वावेलाई प्रतिबन्ध लगाएकाे छ ।

यसरी सबैतिर प्रतिबन्ध झेलेको याे कम्पनीलाई स्वदेशी कम्पनीहरुले भने आत्मासाथ गरिरहेका छन् । हाल चीनको सांघाइमा रहेको चाइना युनिकम अर्थात् सांघाइ युनिकमले ह्वावेको फाइभजी प्रविधि खरिद गरेको छ ।

कम्पनीले ह्वावेकाे फाइभजी रेडियो फ्रिक्वेन्सी लगायतका पूर्वाधार खरिद गरेको हो । जसको कूल लागत ११.५८ मिलियन यूआन अर्थात झण्डै २२ करोड रूपैयाँको हाराहारीमा रहेको छ ।

यो शुल्कमा कुनै सेवाशुल्क भने समावेश गरिएको छैन । यसको अर्थ यसका लागि आवश्यक पर्ने सम्पूर्ण सेवासमेत ह्वावेले प्रदान गर्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६