close

बहुप्रतिक्षित ह्वावे पी५० सिरिज जुलाई २९ मा सार्वजनिक हुँदै

टेकपाना टेकपाना

असार ९, २०७८ १८:१५

बहुप्रतिक्षित ह्वावे पी५० सिरिज जुलाई २९ मा सार्वजनिक हुँदै

काठमाडौं । अघिल्लो महिनाको अन्त्यमा ह्वावेले आफ्नो अपरेटिङ सिस्टम सार्वजनिक गरेको थियो । नयाँ अपरेटिङ सिस्टमसँगै कम्पनीले आफ्नो नयाँ स्मार्टफोन पी५० सार्वजनिक गर्ने जनाउ दिएको थियो ।

साेही दिन कम्पनीले पी५० स्मार्टफोनको केही टिजर प्रस्तुत गरेकाे थियाे । तर कम्पनीले पी५० सिरिजका स्मार्टफोन कहिले सार्वजनिक गर्छ भन्ने विषयमा भने जानकारी दिएको थिएन । तर, हालै बाहिरिएकाे एक लिकअनुसार कम्पनीले आउँदो जुलाई २९ तारिखमा याे सिरिज स्मार्टफाेन सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

प्रयोगकर्तालाई प्रिमियम स्मार्टफोनका साथमा उत्कृष्ट क्यामेरा फिचर उपलब्ध गराउने तयारीका साथ काम गरिरहेका ह्वावेको उक्त फाेन सार्वजनिक हुने विषयमा चिनियाँ सञ्चारमाध्यम विबो टिप्सटरले जानकारी बाहिर ल्याएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६