close

पूर्ण रुपमा सुचारू भयो भायानेटको इन्टरनेट

टेकपाना टेकपाना

असार १०, २०७८ ११:४

पूर्ण रुपमा सुचारू भयो भायानेटको इन्टरनेट

काठमाडौं । बिहिबार बिहानदेखि अवरुद्ध भएको भायानेटको इन्टरनेट पूर्णरुपमा सुचारू भएको छ । शर्ट सर्किट तारमा आगलागी हुँदा काठमाडौं उपत्यकाका केही स्थानका साथै बाहिरका केही जिल्लामा भायानेटको इन्टरनेट सेवा उवरुद्ध भएको थियो ।

रातिको समयमा बालुवाटार र बिहिबार बिहान जमलमा शर्ट सर्किट डेटा सेन्टर जोड्ने फाइबरमा आगो लागेका कारण भायानेटको इन्टरनेट सेवामा समस्या आएको थियाे ।

दुवैतर्फको लिङ्कमा समस्या आउँदा भायानेटका करिब २० हजार ग्राहक प्रभावित भएका थिए । भायानेटका प्रबन्ध निर्देशक विनय बोहराले बिहानदेखिकाे मेहनतबाट समस्या समाधान भएकाे जनाए ।

‘बाँकी भनेको ब्याकअप फाइबारको काम रहेको छ । यसले ग्राहकमा कुनै असर नपर्ने हुँदा त्यसमा विस्तारै काम भइहरको छ,’ उनले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६