close

मोबाइल तथा ल्यापटपको ब्याट्रीमा ठूलो उपलब्धि, अब ५ मिनेटमै फुल चार्ज हुने

टेकपाना टेकपाना

असार १०, २०७८ १३:५४

मोबाइल तथा ल्यापटपको ब्याट्रीमा ठूलो उपलब्धि, अब ५ मिनेटमै फुल चार्ज हुने

काठमाडौं । मोबाइल तथा ल्यापटपमा प्रयाेग गरिने ब्याट्रीमा अनुसन्धानकर्मीले उल्लेख्य उपलब्धि हात पारेका छन् । जसका कारण अब यी डिभाइसको ब्याट्री फुल चार्ज हुने बढीमा ५ मिनेट लाग्ने जनाइएको छ ।

क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्मीले लिथियम–आयन ब्याट्रीभित्र हेर्नका लागि ‘लो–कस्ट टेक्निक’ फेला पारेका हुन् । उक्त टेक्निक बुधबार ‘नेचर’ नामक जर्नलमा प्रकाशित भएको छ । यसमार्फत अनुसन्धानकर्मीलाई ब्याट्रीको चार्जिङ साइकलका लागि ‘स्पिड लिमिट’ का साथै अन्य धेरै आवश्यक कुराको मापन गर्न सकिने जनाइएको छ ।

अनुसन्धानमा संलग्न एक अनुन्धानकर्मी डा. आस्यक रोयले लिथियम–आयन ब्याट्रीको स्पिड लिमिट चार्ज भइरहेको समय र नभइरहेको समयमा फरक-फरक हुने बताएका छन् ।

उनले जब ब्याट्री चार्ज भइरहेको हुन्छ, त्यो समयमा पनि लिथियम–आयनले कति गतिमा पार्टिकल्स पास गरिरहेको हुन्छ भन्ने कुराले ब्याट्री चार्ज गर्न लाग्ने समय निर्धारण हुने बताए ।

जुन कुराको नियन्त्रण अब अनुसन्धानकर्मीले गर्न सक्नेछन् । त्यो भएको खण्डमा उनीहरुले आफूले चाहेअनुसार छोटो समयमा मोबाइल तथा ल्यापटपको ब्याट्री फुल चार्ज हुनसक्ने गरी निर्माण गर्न सकिन्छ । पछिल्लो समय लिथियम–आयन ब्याट्री धेरैजसो इलेक्ट्रिक डिभाइसमा प्रयोग हुनेहुँदा यसलाई ब्याट्रीको क्षेत्रमा उल्लेख्य उपलब्धिको रुपमा लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६