close

माइक्रोसफ्ट बन्यो २० खर्ब डलर मूल्य भएको दोस्रो अमेरिकी कम्पनी

टेकपाना टेकपाना

असार १०, २०७८ १६:१६

माइक्रोसफ्ट बन्यो २० खर्ब डलर मूल्य भएको दोस्रो अमेरिकी कम्पनी

काठमाडौं । माइक्रोसफ्ट २० खर्ब डलर भएको दोस्रो कम्पनी बनेको छ । शेयर बजारमा आएको १.२ प्रतिशतको उछालसँगै माइक्रोसफ्टले यो सफलता हात पार्न सफल भएको हो । यसअघि २० खर्ब डलर मूल्य भएको कम्पनीमा एप्पलमात्रै थियो ।

यसअघि सन् २०१९ मा तेल उत्पादक कम्पनी साउदी अराम्कोले पनि यो सफलता हात पारेको थियो । तर, हाल उसको शेयर मूल्य घट्दै गएको छ । जसले गर्दा कम्पनीको मूल्य हाल १८ खर्ब ८ अर्ब डलर रहेको छ ।

यस्तोमा हाल २० खर्ब डलर भएको कम्पनीमा एप्पल र माइक्रोसफ्टमात्रै रहेका छन् । यसअघि दुई वर्षअघि माइक्रोसफ्टले १० खर्ब डलरको आँकडा छोएको थियो । जसका लागि कम्पनीले ३३ वर्ष बिताएको थियो । तर, थप १० खर्बका लागि कम्पनीलाई मात्रै दुई वर्ष लागेको छ ।

यसका लागि कम्पनीलाई कोभिड–१९ ले सबैभन्दा ठूलो सहयोग पुगेको छ । कोरोनाका कारण मानिस धेरै डिभाइसमा बिताउन थालेका छन् । जसले गर्दा माइक्रोसफ्टको कम्प्युटर, गेमिङ सिस्टम, क्लाउड लगायतका उत्पादनकाे माग बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६