close

आज सार्वजनिक हुँदै विण्डोज ११, कसरी हेर्ने कार्यक्रम ?

टेकपाना टेकपाना

असार १०, २०७८ १९:२०

आज सार्वजनिक हुँदै विण्डोज ११, कसरी हेर्ने कार्यक्रम ?

काठमाडौं । माइक्रोसफ्टले आज साँझ विशेष कार्यक्रम आयोजना गर्दैछ । जसमार्फत कम्पनीले विण्डाेजको नयाँ भर्सन विण्डाेज ११ सार्वजनिक गर्ने जनाइएको छ । जसमा माइक्रोसफ्टका सीईओ सत्य नाडेलाका साथै माइक्रोसफ्टका चिफ प्रडक्ट अफिसर पानोस पानायले ‘नेक्स्ट जेनेरेसनको विण्डाेज’ को रुपमा विण्डोज ११ सार्वजनिक गर्नेछन् ।

विण्डाेज १० को सफलतासँगै कम्पनीले विण्डाेज ११ को रुपमा नयाँ भसर्न सार्वजनिक गर्ने भएको हो । जुन कुरा यति बेला प्रविधिको दुनियाँमा सबैभन्दा चर्चाको विषय बनिरहेको छ । विण्डाेज ११ का विषयमा यसअघि नै धेरै कुरा सार्वजनिक भइसकेका छन् ।

अब बाँकी भनेको के विण्डाेज ११ निःशुल्क रुपमा उपलब्ध हुनेछ ? के विण्डाेज ११ ले विण्डाेजको इतिहासलाई नै नयाँ रुपमा दर्शाउने छ ? यी सबैकुरा आज हुने कार्यक्रममार्फत जानकारी हासिल हुनेछ ।

यो कार्यक्रम आज भर्चुअल रुपमा हुनेछ । यसका अर्थ तपाईंले उक्त कार्यक्रमको लाइभ हेर्न सक्नुहुनेछ । कार्यक्रम नेपाल समय अनुसार राती ८ः४५ मा सुरु हुनेछ । यो कार्यक्रम हेर्नका लागि तपाईंले विण्डोज इभेन्ट पेज भिजिट भने गर्नुपर्ने हुन्छ ।

जसमार्फत तपाईंले मोबाइल तथा ल्यापटपमार्फत लाइभ हर्ने सक्नुहुनेछ । जुन सफारी, फायरफक्स, माइक्रोसफ्ट एज, गुगल क्रोम लगायतका सम्पूर्ण ब्राउजरमा काम गर्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६