close

अमेजन र गुगलको ‘फेक रिभ्यु’ माथि अनुसन्धान गर्दै बेलायती ‘एन्टी ट्रस्ट’

टेकपाना टेकपाना

असार १२, २०७८ १२:४३

अमेजन र गुगलको ‘फेक रिभ्यु’ माथि अनुसन्धान गर्दै बेलायती ‘एन्टी ट्रस्ट’

काठमाडौं । संयुक्त अधिराज्य बेलायतको प्रतिस्पर्धा तथा बजार प्राधिकरण (सीएमए) ले ‘फेक रिभ्यु’ विरुद्ध प्रभावकारी कदम नचालेको भन्दै अमेजन र गुगलले उपभोक्ता कानून उलंघन गरेको आरोप लगाएको छ । एजेन्सीले शुक्रबार दुवै कम्पनी विरुद्धको यो विषय बाहिर ल्याएको हो ।

‘उपभोक्ता संरक्षण तथा इमान्दार व्यवसायका लागि अमेजन र गुगलले फेक रिभ्यु रोकथाम गर्न र त्यसलाई हटाउन पर्याप्त कदम अगाडि नबढाएको विषयमा हामी छानविन गर्दैछौं,’ सीएमएका प्रमुख कार्यकारी एन्द्रा कसेलीले वक्तव्यमा भनेकी छन्, ‘हाम्रो मूख्य सरोकार फेक रिभ्यु पढेर दशौं लाख अनलाइन ग्राहक भ्रममा पर्न सक्छन् र त्यसपछि उनीहरुले तिनै सुझावको आधारमा आफ्नो पैसा खर्चिन सक्छन् भन्ने हो ।’

यसलाई व्यवसायको अनुचित अभ्यास बताउँदै उनले आफैंले आफ्नो उत्पादनका लागि फाइभ स्टार रिभ्यु दिनसक्ने विषयलाई नियमनमा ल्याउनुपर्नेमा जोड दिएकी छन् । यद्यपी अमेजनले भने फेक रिभ्यु तथा कुनै किसिमको लाभ लिएर गरिने रिभ्युलाई रोकथाम गर्न उल्लेखनीय स्रोतसाधन खर्चिन तल्लिन रहेको बताएको छ ।

जसमा कम्पनीले उत्पादनप्रति ग्राहकको अनुभव प्रतिविम्वित हुने सुनिश्चितताका लागि काम गरिरहेको बताएको छ । यद्यपि सीएमएलाई सहयोग गर्ने कम्पनीका प्रवक्ताले बताएका छन् । ‘तर हाम्रो व्यवसाय विरुद्ध त्यस्तो कुनै पनि कुरा फेला पर्ने छैन,’ उनले भनेका छन् ।

गत १६ जुनमा अमेजनले आफ्नो ब्लगपोस्टमा केही गलत मनसाय भएका व्यक्तिहरुले फेक रिभ्यु खरिद बिक्रीका लागि बाह्य प्लेटफर्म प्रयोग गरिरहेको उल्लेख गरेको थियो । त्यस्तै गुगलका प्रवक्ताले समेत रिभ्यु वास्तविक अनुभवमा आधारित हुनुपर्नेमा आफूहरु दृढ रहेको बताएका छन् ।

‘र जब हामी यस किसिमको नीति उलंघन गरेको फेला पार्नेछौं, त्यसविरुद्ध कदम चाल्छौं र त्यस किसिमका उच्छृङ्खल अकाउन्टलाई निष्कृय पार्छौं,’ उनले भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५