close

युट्युव र गुगल ड्राइभका केही पुराना लिंकले काम नगर्ने

टेकपाना टेकपाना

असार १२, २०७८ १९:३८

युट्युव र गुगल ड्राइभका केही पुराना लिंकले काम नगर्ने

काठमाडौं । गुगल ड्राइभ र युट्युवमा स्टोर गरिएका कतिपय पब्लिक लिंकहरूले अब काम नगर्ने भएका छन् । गुगलले सेक्युरिटीमा नयाँ परिवर्तन ल्याउने तयारी गरेपछि आउँदो जुलाईदेखि कतिपय लिंकले काम नगर्ने भएका हुन् ।

गुगलले युट्युव र गुगल ड्राइभको लिंक शेयरिङ अप्सनमा उलेख्य परिमार्जनको तयारी गरिरहेको छ । यसरी शेयर हुने लिंक नै पछिल्लो समय सुरक्षाको हिसाबले सबैभन्दा चुनौतीपूर्ण रहेका छन् । यस्तोमा लिंकको सेक्युरिटीमा उल्लेख्य परिमार्जन आवश्यक रहेको कम्पनीले जनाएको छ ।

त्यसरी लिंकको फर्म्याटमा आउने परिमार्जनले पुराना कतिपय लिंकले काम नगर्ने बताइएको छ । कम्पनीका अनुसार अब हुने परिमार्जनले युट्युव तथा ड्राइभको लिंक कसैले अनुमान गरेको भरमा पत्ता लगाउन सम्भव हुने छैन ।

्जरबसम्म कुनै व्यक्तिलाई लिंकको एक्सेस दिइने छैन, तबसम्म त्यसको विषयमा कुनै जानकारी समेत नहुने जनाइएको छ ।

Google Drive security update email

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५