close

फोन पेको ‘रिफर एण्ड अर्न’ योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

टेकपाना टेकपाना

असार १४, २०७८ १६:३३

फोन पेको ‘रिफर एण्ड अर्न’ योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

काठमाडौं । फोन पे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एक हजार रूपैयाँ प्राप्त गर्न कम्पनीले जनाएको छ ।

यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले १० हजार प्राप्त गर्न सकिन्छ । यस योजनाको बम्पर उपहारमा तीन जनाभन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत १ लाख जित्न सकिनेछ ।

यसका लागि सुरुमा ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्ने छ । एप डाउनलोड गरेसँगै लगइन गर्नेले आईफोन १२ जित्नसक्ने जनाइएको छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरी विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ ।

फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान पनि किन्न सकिने कम्पनीले जनाएको छ ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५